2026-09-20 05:26 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जैसवालको कीर्तिमानी दोहोरो शतकपछि इङ्ल्याण्डले पायो ५५७ रनको लक्ष्य

फागुन ६, काठमाडौँ | भारतका युवा ब्याट्सम्यान यशस्वी जैसवालले दोहोरो शतक बनाएपछि भारतले जारी तेस्रो टेस्टमा इङल्याण्डलाई विशाल ५५७ रनको लक्ष्य दिएको छ । खेलको चौथो दिन भारतले आफ्नो दोस्रो इनिंगमा ४ विकेट गुमाउदै ४३० रन बनाएपछि इनिंग घोषणा गरेको थियो । 

भारतका लागि दोस्रो इनिंगमा यशस्वी जैसवालले अविजित २१४ रन बनाएका छन् । जैसवाल टेस्ट क्रिकेटमा दोहोरो शतक बनाउने तेस्रो युवा खेलाडी बनेका छन् । उनले २२ बर्ष ४९ दिनमा टेस्ट क्रिकेटमा दोहोरो शतक बनाएर यस्तो रेकर्ड बनाएका छन् ।

टेस्ट क्रिकेटमा कम उमेरमा दोहोरो शतक बनाउने किर्तिमान भारतकै विनोद काम्ब्लीको नाममा रहेको छ । उनले २१ बर्ष ५४ दिनमा टेस्टमा दोहोरो शतक बनाएका थिए । त्यस्तै अस्ट्रेलियाका डन ब्राडम्यानले २१ बर्ष ३१८ दिनमा टेस्टमा दोहोरो शतक बनाएका थिए । 

त्यस्तै आफ्नो डेभ्यु टेस्ट खेलिरहेका शरफराज खानले ६८ रन बनाउदै दुवै इनिंगमा अर्धशतक बनाएका छन् । त्यस्तै भारतका शुभमन गिल ९१ रन बनाएर आउट भएका थिए । यसरी पहिलो इनिंगमा १२६ रनको अग्रताको आधारमा भारतले ५५६ रनको अग्रता लिएको छ । यस अघि भारतले पहिलो इनिंगमा ४४५ र इङल्याण्डले पहिलो इनिंगमा ३१९ रन बनाएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो