फागुन १६, काठमाडौं | त्रिकोणात्मक टी–२० सिरिजमा नेदरल्याण्ड्सले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले चौथो विकेट गुमाएको छ ।
स्याब्रान्ड एंगेलब्रेक्टको बलमा रोहितकुमार पौडेल अर्धसतक बनाएर आउट भएका हुन् । उनले ३५ बलको सामना गरी दुई छक्का र ६ चौकाको मद्दतले अर्धशतक पुरा गरेका हुन् । टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनले बनाएको यो छैटौँ अर्धशतक हो । उनी अर्धशतक बनाएलगत्तै आउट भए ।
एक सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले १२ ओभरको खेल सकिँदासम्म चार विकेट गुमाएर एक सय रन बनाएको छ । नेपाललाई जितका लागि ४८ बलमा ८५ रन आवश्यक छ ।