2026-09-20 03:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेस्सीको फ्रि–किक प्रहार सानी बच्चीसँग ठोक्किएपछि ..

एजेन्सी | पछिल्लो समय अर्जेन्टिनी स्टार लियोनल मेस्सीको एउटा फ्रि–किक प्रहार सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । ३६ वर्षीय अर्जेन्टिनी स्ट्राइकर मेस्सी हाल अमेरिकी क्लब इन्टर मियामीबाट व्यावसायिक फुटबल खेल्छन् ।

मेजर लिग सकर (एमएलएस) मा आइतबार इन्टर मियामी र ओर्लान्डो सिटीबिच खेल थियो । उक्त खेलका क्रममा इन्टर मियामीले फ्रि–किक प्रहारको अवसर पाएको थियो । फ्लोरिडामा खेलिएको उक्त खेल हेर्न हजारौँको सँख्यामा समर्थक उपस्थित भएका थिए ।

खेलमा मेस्सीले दुई गोल गरिसकेका थिए । उनले निर्धारित समयको ५७औँ र ६२औँ मिनेटमा गोल गरेका थिए । त्यसैले मेस्सीले खेलमा ह्याट्रिक गर्ने सम्भावना थियो । त्यसैले इन्टर मियामीले फ्रि–किकको अवसर पाएपछि मेस्सीलाई नै फ्रि–किक प्रहारको अवसर दिइएको थियो ।

तर, विपक्षीको पेनाल्टी बक्सभन्दा केही बाहिरबाट मेस्सीले प्रहार गरेको फ्रि–किक गोल पोस्टभन्दा केही माथिबाट बाहिर हुइँकिएको थियो । तीव्र गतिमा हुइँकिएको त्यो बल स्टेडियममा अभिभावकसँग बसेर खेल हेरिरहेकी एउटी सानी बच्चीसँग ठोक्किएको थियो ।

मेस्सीले प्रहार गरेको बलले चोट लागेपछि ती बच्ची रुन थालेकी थिइन् । त्यसपछि ती बच्चीका अभिभावक आएर उनलाई फकाउन थाल्छन् । ती बच्चीका पिताले आफ्नी सानी छोरीलाई फकाउन भनेको शब्दहरू पनि निकै रोचक रहेको छ ।

‘तिमी ठिक छौ मेरी प्यारी ? मेस्सीले तिमीलाई हिर्काए । ओहो ! केही छैन,’ मेस्सीले प्रहार गरेको बलले चोट लागेर रनथनिएकी आफ्नी सानी छोरीलाई फकाउँदै उनका पिताले भनेका छन् । अहिले सामाजिक सञ्जालमा त्यो भिडियो निकै भाइरल भइरहेको छ ।

ओर्लान्डो सिटीविरुद्धको उक्त खेलमा इन्टर मियामी ५–० गोलले विजयी भएको थियो । उक्त खेलमा मेस्सीका अतिरिक्त लुइस स्वारेजले पनि दुई गोल गरेका थिए । स्वारेजले निर्धारित समयको चौथो र ११औँ मिनेटमा गोल गरेका थिए । अर्को एक गोल खेलको २९औँ मिनेटमा रोबर्ट टेलरले गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो