बिनोद विष्ट/कात्तिक ४, बैतडी । योङ्ग स्टार मेलौली र पञ्चकोटी क्रिकेट क्लब बैतडीमा जारी बिडीसीए क्रिकेट प्रतियोगिताको समुह ए वाट सेमिफाईनल प्रवेश गरेका छन ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बिनोद विष्ट/कात्तिक ४, बैतडी । योङ्ग स्टार मेलौली र पञ्चकोटी क्रिकेट क्लब बैतडीमा जारी बिडीसीए क्रिकेट प्रतियोगिताको समुह ए वाट सेमिफाईनल प्रवेश गरेका छन ।<"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेलौली र पञ्चकोटी बिडिसिए क्रिकेट कपको सेमिफाईनलमा

२०७३, ४ कार्तिक बिहीबार १३:१४


बिनोद विष्ट/कात्तिक ४, बैतडी । योङ्ग स्टार मेलौली र पञ्चकोटी क्रिकेट क्लब बैतडीमा जारी बिडीसीए क्रिकेट प्रतियोगिताको समुह ए वाट सेमिफाईनल प्रवेश गरेका छन ।

बिहीवार सम्पन्न लिग चरणको खेलमा निङ्गलाशैनी क्रिकेट क्लबलाई ५ विकेटलाई पाखा लगाउदै योङ्ग स्टार मेलौली सेमिफाईनल प्रवेश गरेको हो भने केदार नागार्जुनलाई ७ विकेटले स्तब्ध पार्दै पञ्चकोटी क्रिकेट क्लबले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको निङ्गलाशैनी क्रिकेट क्लबले निर्धारित २० ओभरमा गणेश बोहराको ४०, खडक बोहराको २७ र दिपेन्द्र बोहराको २४ रनको मद्दतले ७ विकेटको क्षतीमा १ सय ६५ रन बनाएको थियो । योङ्ग स्टारका मंगेश दयालले ३ र सरोज नायकले २ विकेट हात पारेका थिए ।

१६६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको योङ्ग स्टारले मुकुन्द क्षेत्रीको अर्धसतकिय पारीसंगै १५ बल बाकी छदै ५ विकेटको क्षतीमा लक्ष्य भेट्टाएको हो । पहिलो ओभरमै दुई बिकेट गुमाउदै धर्मराएको योङ्ग स्टारको पारीलाई सम्हालेर उत्कृष्ठ ब्याटिङ गर्दै सर्वाधिक ५६ रन जोड्दै मुकुन्दले आफ्नो टिमलाई खेलमा फर्काएका थिए । यस्तै थानेश्वर बिष्टले ३१ रन जोडेका थिए ।

निङ्गलाशैनीका ऋषिकेश बोहराले ३ विकेट हात पारेपनि अन्य बलर चल्न नसक्दा निङ्गलाशैनी लिग चरणवाटै घर फर्किएको स्कोरर द्रोपती कुवँरले जानकारी दिनुभयो ।

यस्तै बुढाबाजे खेलमैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको केदार नागार्जुनले पञ्चकोटी क्रिकेट क्लब सामु १८ दशमलव १ ओभरमा आफ्ना सम्पुर्ण विकेट गुमाउदै ७३ रनको झिनो लक्ष्य पस्तुत गरेको थियो ।

केदार नागार्जुनलाई सस्तैमा समेट्न पञ्चकोटीका प्रकाश बुढालले ३ विकेट हात पारे । जवाफी ब्याटिङमा उत्रेको पञ्चकोटीले ८ दशमलव ३ ओभरमा ३ विकेटको क्षतीमा लक्ष्य पुरा गरेको हो । केदार नागार्जुनका भुपाल जोशीले २ विकेट हात पारेका थिए । फितलो प्रदर्शन गरेको केदार नागार्जुन यो हारसंगै प्रतियोगिताबाटै बाहिरिएको खेल संयोजक गणेश चन्दले जानकारी दिनुभयो ।

यस्तै लिग चरणका अन्तिम खेलमा  महारुद्र क्रिकेट क्लवले १७ दशमलव ४ ओभरमा अलआउट हुदै दिएको २०९ रनको लक्ष्य पन्छाएको बाशुलिङ्ग क्रिकेट क्लव निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा २०४ रन मात्र जोड्न सक्दा  महारुद्र  ४ रनले विजयी भएको छ ।

यस्तै दशरथचन्द एकेडेमीले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै दिएको १०१ रनको लक्ष्य त्रिपुरा क्रिकेट क्लबले १३ दशमलव २ ओभरमा ५ गुमाउदै पुरा गरेर ५ विकेटले  जित हासिल  गरेको छ ।  प्रतियोगिताबाट यि चार वटै टोली यसअघिनै बाहिरीसकेका छन ।

यसैबिच प्रतियोगिता अन्तर्गत शुक्रवारदेखि समुह बी का लिग चरणका खेलहरु सुरु हुने भएका छन ।

निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा हुने पहिलो खेलमा एनआरवाईसि बठ्ठा र पाटन भ्याली भिड्दा दोस्रो खेलमा महामाया क्रिकेट क्लब दुर्गाभवानी र खोडपे क्रिकेट क्लबबिच प्रतिस्प्रर्धा हुने भएको छ ।

उता बुढाबाजे खेलमैदानमा हुने पहिलो खेलमा त्रिलोचन क्रिकेट क्लब गोठलापानी र कालाशैनी क्रिकेट क्लब बुड्डा आमने सामने हुदा दोस्रो खेलमा पाटन स्टार र जगन्नाथ भिड्ने भएका छन ।

मंगलवारदेखि सुरु भएको बिडिसिए क्रिकेट कप प्रतियोगिताको १६ औ संस्करण कात्तिक ९ गतेसम्म सञ्चालन हुने बताईएको छ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भईरहेको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताबाट उत्कृष्ठ खेलाडीबाट राष्ट्रिय प्रतियोगिताका लागी क्षेत्र नम्बर ६ बैतडीको टिम बनाईने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष रमेश बोहराले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, ट्रफी र प्रमाणपत्र द्वितिय हुनेलाइ १५ हजार नगद ट्रफी र प्रमाणपत्र पाउनेछन भने म्यान अफ द सिरिज हुने खेलाडीलाई एउटा क्रिकेट ब्याट प्रदान गरिने आयोजक बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।

 क्याप्सन: बैतडीमा जारी बिडीसीए क्रिकेट प्रतियोगिताको समुह ए वाट बिहीवार सेमिफाईनल प्रवेश गरेको योङ्ग स्टार मेलौलीको टिम  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना ओली र लेखकको पक्राउ प्रतिशोध होइन, केवल न्यायको सुरुआत हो: गृहमन्त्री गुरुङ