बिनोद विष्ट/कात्तिक ४, बैतडी । योङ्ग स्टार मेलौली र पञ्चकोटी क्रिकेट क्लब बैतडीमा जारी बिडीसीए क्रिकेट प्रतियोगिताको समुह ए वाट सेमिफाईनल प्रवेश गरेका छन ।<"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बिनोद विष्ट/कात्तिक ४, बैतडी । योङ्ग स्टार मेलौली र पञ्चकोटी क्रिकेट क्लब बैतडीमा जारी बिडीसीए क्रिकेट प्रतियोगिताको समुह ए वाट सेमिफाईनल प्रवेश गरेका छन ।<"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेलौली र पञ्चकोटी बिडिसिए क्रिकेट कपको सेमिफाईनलमा

४ कार्तिक २०७३, बिहीबार १३:१४


बिनोद विष्ट/कात्तिक ४, बैतडी । योङ्ग स्टार मेलौली र पञ्चकोटी क्रिकेट क्लब बैतडीमा जारी बिडीसीए क्रिकेट प्रतियोगिताको समुह ए वाट सेमिफाईनल प्रवेश गरेका छन ।

बिहीवार सम्पन्न लिग चरणको खेलमा निङ्गलाशैनी क्रिकेट क्लबलाई ५ विकेटलाई पाखा लगाउदै योङ्ग स्टार मेलौली सेमिफाईनल प्रवेश गरेको हो भने केदार नागार्जुनलाई ७ विकेटले स्तब्ध पार्दै पञ्चकोटी क्रिकेट क्लबले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ गरेको निङ्गलाशैनी क्रिकेट क्लबले निर्धारित २० ओभरमा गणेश बोहराको ४०, खडक बोहराको २७ र दिपेन्द्र बोहराको २४ रनको मद्दतले ७ विकेटको क्षतीमा १ सय ६५ रन बनाएको थियो । योङ्ग स्टारका मंगेश दयालले ३ र सरोज नायकले २ विकेट हात पारेका थिए ।

१६६ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको योङ्ग स्टारले मुकुन्द क्षेत्रीको अर्धसतकिय पारीसंगै १५ बल बाकी छदै ५ विकेटको क्षतीमा लक्ष्य भेट्टाएको हो । पहिलो ओभरमै दुई बिकेट गुमाउदै धर्मराएको योङ्ग स्टारको पारीलाई सम्हालेर उत्कृष्ठ ब्याटिङ गर्दै सर्वाधिक ५६ रन जोड्दै मुकुन्दले आफ्नो टिमलाई खेलमा फर्काएका थिए । यस्तै थानेश्वर बिष्टले ३१ रन जोडेका थिए ।

निङ्गलाशैनीका ऋषिकेश बोहराले ३ विकेट हात पारेपनि अन्य बलर चल्न नसक्दा निङ्गलाशैनी लिग चरणवाटै घर फर्किएको स्कोरर द्रोपती कुवँरले जानकारी दिनुभयो ।

यस्तै बुढाबाजे खेलमैदानमा सम्पन्न खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको केदार नागार्जुनले पञ्चकोटी क्रिकेट क्लब सामु १८ दशमलव १ ओभरमा आफ्ना सम्पुर्ण विकेट गुमाउदै ७३ रनको झिनो लक्ष्य पस्तुत गरेको थियो ।

केदार नागार्जुनलाई सस्तैमा समेट्न पञ्चकोटीका प्रकाश बुढालले ३ विकेट हात पारे । जवाफी ब्याटिङमा उत्रेको पञ्चकोटीले ८ दशमलव ३ ओभरमा ३ विकेटको क्षतीमा लक्ष्य पुरा गरेको हो । केदार नागार्जुनका भुपाल जोशीले २ विकेट हात पारेका थिए । फितलो प्रदर्शन गरेको केदार नागार्जुन यो हारसंगै प्रतियोगिताबाटै बाहिरिएको खेल संयोजक गणेश चन्दले जानकारी दिनुभयो ।

यस्तै लिग चरणका अन्तिम खेलमा  महारुद्र क्रिकेट क्लवले १७ दशमलव ४ ओभरमा अलआउट हुदै दिएको २०९ रनको लक्ष्य पन्छाएको बाशुलिङ्ग क्रिकेट क्लव निर्धारित २० ओभरमा ७ विकेटको क्षतीमा २०४ रन मात्र जोड्न सक्दा  महारुद्र  ४ रनले विजयी भएको छ ।

यस्तै दशरथचन्द एकेडेमीले १६ दशमलव १ ओभरमा सबै विकेट गुमाउदै दिएको १०१ रनको लक्ष्य त्रिपुरा क्रिकेट क्लबले १३ दशमलव २ ओभरमा ५ गुमाउदै पुरा गरेर ५ विकेटले  जित हासिल  गरेको छ ।  प्रतियोगिताबाट यि चार वटै टोली यसअघिनै बाहिरीसकेका छन ।

यसैबिच प्रतियोगिता अन्तर्गत शुक्रवारदेखि समुह बी का लिग चरणका खेलहरु सुरु हुने भएका छन ।

निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा हुने पहिलो खेलमा एनआरवाईसि बठ्ठा र पाटन भ्याली भिड्दा दोस्रो खेलमा महामाया क्रिकेट क्लब दुर्गाभवानी र खोडपे क्रिकेट क्लबबिच प्रतिस्प्रर्धा हुने भएको छ ।

उता बुढाबाजे खेलमैदानमा हुने पहिलो खेलमा त्रिलोचन क्रिकेट क्लब गोठलापानी र कालाशैनी क्रिकेट क्लब बुड्डा आमने सामने हुदा दोस्रो खेलमा पाटन स्टार र जगन्नाथ भिड्ने भएका छन ।

मंगलवारदेखि सुरु भएको बिडिसिए क्रिकेट कप प्रतियोगिताको १६ औ संस्करण कात्तिक ९ गतेसम्म सञ्चालन हुने बताईएको छ ।

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा सञ्चालन भईरहेको प्रतियोगितामा १६ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताबाट उत्कृष्ठ खेलाडीबाट राष्ट्रिय प्रतियोगिताका लागी क्षेत्र नम्बर ६ बैतडीको टिम बनाईने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष रमेश बोहराले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, ट्रफी र प्रमाणपत्र द्वितिय हुनेलाइ १५ हजार नगद ट्रफी र प्रमाणपत्र पाउनेछन भने म्यान अफ द सिरिज हुने खेलाडीलाई एउटा क्रिकेट ब्याट प्रदान गरिने आयोजक बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।

 क्याप्सन: बैतडीमा जारी बिडीसीए क्रिकेट प्रतियोगिताको समुह ए वाट बिहीवार सेमिफाईनल प्रवेश गरेको योङ्ग स्टार मेलौलीको टिम  ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला