2026-09-20 02:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेदरल्यान्ड्ससँगको हारपछि रोहितले भने: ‘पावर प्ले र डेथ ओभरमा बलिङ प्लान फेल भयो. विश्वकपसम्म तयार हुन्छौं

फागुन २२, काठमाडौं | त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाको फाइनलमा नेदरल्यान्ड्ससँग पराजित भएपछि नेपालका कप्तान रोहित पौडेलले पावर प्ले र डेथ ओभरमा बलिङ प्लान फेल भएको बताएका छन् ।

‘पावर प्ले र डेथ ओभरमा प्लान एक्जिक्युट नै भएन भनेपनि हुन्छ । मलाई लाग्छ, विश्वकपसम्म हामी यसमा तयार हुन्छौँ’, हारपछि रोहितले भने ।

नेपालले दिएको एक सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले तीन बल बाँकी रहँदा ६ विकेट गुमाएर पूरा गर्दै उपाधि जितेको हो । नेपालले पावर प्लेको सुरुको ६ ओभरमा ६० रन दिएको थियो भने डेथ ओभरको एकै ओभरमा २१ रनसम्म खर्चिएको थियो ।

नेपाली टोलीका प्रशिक्षक मन्टी देसाईले टोलीले २० रन कम बनाएको बताए ।

प्रशिक्षक देसाईले परिस्थितिअनुसार खेल्न नसकेको र वन बल ब्याटललाई खेलाडीले विर्सिएको बताए ।

‘हामी ठूला प्रहारतर्फ लाग्यौं र विकेट पनि गुमायौं यसले गर्दा ब्याटिङमा हामी जहाँसम्म पुग्नु पर्ने थियो, त्यहाँ पुग्न सकेनौँ’, उनले भने । उनले नेदरल्यान्ड्सले विगतमा बलिया टोलीहरूलाई समेत हराएकोले कमजोर नभएको र यो हारले विश्वकपअघि टिमलाई तयार गर्ने अवसर पनि भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो