2026-07-28 07:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पिएनजीलाई ८५ रनले हराउँदै नेपाल टि-२० सिरिजको फाइनलमा

फागुन २९, काठमाडौं | नेपालले त्रिकोणात्मक टी-२० आई सिरिजमा पपुवा न्युगिनीलाई ८५ रनले हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । नेपाल २ खेलमा ३ अंकका साथ शीर्षस्थानमा रहँदै फाइनलमा पुगेको हो ।

जितको लागि १९९ रनको लक्ष्य पछ्याएको पपुवा न्युगिनी १६.१ ओभरमा ११३ रनमा अल आउट भयो । पपुवा न्युगिनीका हिरी हिरीले १९ बलमा १ चौका र २ छक्कासहित सर्वाधिक २८ रन बनाए । टोनी उरा १३ र सेसे बाउ २१ रनमा आउट भए । अन्य कुनै पनि ब्याटरले राम्रो प्रदर्शन गर्न सकेनन् । 

नेपालका कुशल भुर्तेलले ४ विकेट लिए । प्रतिश जि.सीले २ विकेट लिए । गुलशन झा र आकाश चन्दले एक/एक विकेट लिए ।

त्यसअघि मोगं कोगंमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १९८ रन बनाएको थियो । नेपालको जितमा कुशल भुर्तेलले ३९ बलमा ४ चौका र ४ छक्कासहित सर्वाधिक ५९ रनका बनाएका थिए । सन्दीप जोराले २६ बलमा ३ चौका र ४ छक्कासहित ५६ रन बनाए । अर्का ओपनर विनोद भण्डारीले २७ रन बनाएका थिए । रोहित पौडेल १ र आरिफ शेख ४ रनमा आउट भएका थिए । लोकेश बम  १४ रनमा रन आउट भएका थिए। विवेक यादव १९ रनमा नट आउट रहे । गुलशन झा १५ रनमा नट आउट रहेका थिए  ।

पपुवा न्युगिनीका असाद भालाले २ विकेट लिएका थिए ।   नोसैना पोकना, जोहन कारिको र नर्मन भानुआले १-१ विकेट लिएका थिए  ।  यो जितसँगै नेपाल त्रिकोणात्मक टि-२० सिरिजको फाइनल प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ