2026-09-20 12:40 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

त्रिकोणात्मक टी-२० सिरिज: हङकङलाई हराउदै पीएनजी फाइनलमा, उपाधिका नेपाल र पिएनजी भिड्ने

फागुन २९, काठमाडौं | हङकङमा जारी त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको उपाधिका लागि नेपाल र पपुवा न्यु गिनी (पीएनजी) बिच भिडन्त हुनेछ । नेपाल र पीएनजीबिचको फाइनल खेल बुधबार विहान ११ः४५ बजे सुरु हुनेछ । त्यसअघि बुधबार विहान हङकङ र हङकङको ‘ए’ टोलीबिच तेस्रो स्थानका लागि खेल हुनेछ । 

मंगलबार खेलिएको दोस्रो खेलमा आयोजक हङकङमाथि १० विकेटको सजिलो जित हात पार्दै पीएनजी शृंखलाको फाइनलमा पुगेको हो । टस जिती पहिले ब्याटिङको निणर्य लिएको हङकङले १८.३ ओभरमा अलआउट हुनुअघि एक सय २१ रन बनाएको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १२.४ ओभरमै कुनै पनि विकेट नगुमाई एक सय २४ रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो । पीएनजीलाई दुवै ओपनरले नै जितसम्म डोर्‍याएका थिए । पीएनजीका दुवै ओपनरले अर्धशतक बनाए । 

टोनी उराले टोलीका लागि अविजित ५१ रनको योगदान गरे । उनले केवल ३३ बलमा दुई छक्का र पाँच चौका पनि हिर्काए । अर्का ओपनर सेसे बउले अविजित ६१ रन बनाए । उनले ४३ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काए । पीएनजीले अतिरिक्त रुपमा १२ रन पायो । 

पहिले ब्याटिङ गरेको हङकङका लागि जिसन अलीले अविजित ५५ रन बनाएका थिए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल २९ बलको सामना गरी ६ छक्का र एक चौका पनि हिर्काएका थिए । नसरुल्ला राणाले १६ रन बनाए । एहसान खानले १६ रन जोडे । 

अनुभवी ब्याट्सम्यान बाबर हायात भने १२ रन बनाउँदै आउट भए । हङकङका माथिल्ला तीन ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । पीएनजीका बलर काबुआ मोरिया, एली नाओ, अनाग्रेस भाला र सेसे बउले दुई-दुई विकेट लिएका थिए । 

त्यसअघि मंगलबार नै खेलिएको पहिलो खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएको थियो । टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो । 

जवाफी ब्याटिङमा ओर्लिएको पीएनजीले भने १६.१ ओभरमा अलआउट हुनुअघि एक सय १३ रनमात्र बनाउन सकेको थियो । नेपाली टोलीको जितमा कुशल भुर्तेलले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेका थिए । 

ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक (५९ रन) बनाए भने चार विकेट पनि लिएका थिए । कुशल भुर्तेल टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गर्ने ब्याट्सम्यान पनि बनेका छन् । २७ वर्षीय कुशलले हालसम्म ३६ टी–२० अन्तर्राष्ट्रिय खेल्दै एक शतक र आठ अर्धशतकको मद्दतले कुल एक हजार आठ रन बनाएका छन् ।

पीएनजीविरुद्धको खेलमा नेपालका अर्का ब्याट्सम्यान सन्दीप जोराले पनि अर्धशतक बनाएका थिए । उनी ५६ रन बनाउँदै आउट भएका थिए । २२ वर्षीय सन्दीपले टी-२० अन्तर्राष्ट्रियमा बनाएको यो दोस्रो अर्धशतक हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो