2026-09-20 01:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वको एउटा यस्तो राष्ट्रिय फुटबल टिम, जसले २०१ खेल मध्ये १९२ वटामा पराजित छ

चैत ६,  लन्डन | विश्वमा एउटा यस्तो फुटबल राष्ट्रिय टिम छ, जसले लगभग सबै खेलमा पराजय भोग्नु परेको छ ।

सान मारिनो एउटा यस्तो देश हो, जसले सबैजसो अन्तराष्ट्रिय खेलहरूमा पराजय भोगेको छ । कतिसम्म भने एउटा देशसँग उसको पराजय ११–० गोल अन्तरको पनि थियो । 

सान मारिनोका कप्तान म्याटियो भिटायोली, देशको इतिहासमा सबैभन्दा बढी खेल्ने खेलाडी हुन, जसले अहिले आफ्नो राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेको १७ वर्ष पुगेको छ । उनलाइ अझै पनि लाग्छ, देशका लागि कुनै न कुनै खेल जिताउन बाँकी नै छ ।

झन्डै दुई दशकमा उनले खेलेका १३६ खेलमा पराजय भएका छन्, जो सबैलाइ अनौठो लाग्छ । संसारको पाँचौं सबैभन्दा सानो देश सान मारिनोले उनको टोलीको नेतृत्वको इतिहासमा एक मात्र जीत रेकर्ड छ ।

‘सबैभन्दा नराम्रो सम्झना भनेको सन् २०११ मा नेदरल्यान्ड्ससँगको खेल थियो, जुन खेलमा ११–० ले पराजित हुन पुगियो,’ कप्तान भिटाइओलीले बीबीसी स्पोर्टलाई भने, ‘यो पहिले नै थियो,मलाई अझै सम्झन्छु कि समर्थकहरू नेदरल्याण्ड्सले थप गोल गरेको हेर्नका लागि हर्षोल्लास गरिरहेका थिए।’

इटालीले घेरिएको र दर्शनीय माउन्ट टिटानोले बेवास्ता गरेको सान मारिनोको जनसंख्या मात्र ३३ हजार छ र मात्र ६१ वर्ग किलोमिटर मात्रै यसको भुमी रहेको छ । यो म्यानचेस्टर शहर भन्दा लगभग आधा आकारको सानो देश हो ।

फिफाको वरीयता अनुसार यो विश्वको सबैभन्दा खराब राष्ट्रिय फुटबल टोली हो, जसले २०१ खेलहरू मध्ये १९२ खेलमा नमज्जाको पराजय भोग्नु परेको छ ।

तर भिटाइओली र उनका टोलीका साथीहरूले यस हप्ता आफ्नो देशको लागि नयाँ अध्याय लेख्ने मौका पाएका छन् । २१० औं स्थानको सान मारिनो माथि ६१ औं स्थानको  सेन्ट किट्स र नेभिस ( क्यारेबियन राष्ट्र)सँग मैत्रीपुर्ण खेल खेल्दैछ । कप्तान यस मैत्रीपुर्ण खेलमा जीत हासिल गर्ने महत्वका साथ आफना खेलाडीलाइ मैदानमा उतारिरहेका छन् ।

सेप्टेम्बर २०१५ मा युरो २०१६ को छनोटका लागि लिथुआनिया विरुद्ध सान मारिनोको लागि माटियो भिटायोलीले एक मात्र गोल गरेका थियो, त्यो एक गोल पनि उनले नेतृत्व गरेको १४ वर्ष पछि गरेका थियो, यो नै उनका लागि पहिलो र अन्तिम अन्तराष्ट्रिय गोल हुन पुगेको थियो । र, यो देशका लागि पनि हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो