2026-09-20 01:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सनराइजर्समाथि कोलकोता नाइट राइडर्सको रोमाञ्चक जित

चैत ११, काठमाडौँ | रोमाञ्चक खेलमा कोलकोता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न खेलमा कोलकोताले सनराइजर्सलाई ४ रनले पराजित गरेको हो ।

कोलकोताले दिएको २०९ रनको लक्ष्य पछाएको सनराइजर्सले २० ओभरमा ७ विकेट गुमाउदै २०४ रन बनाए पछि खेल कोलकोताले ४ रनले जितेको थियो ।

सनराइजर्सका लागि हेनरिक क्लासेनले सर्बाधिक ६३ रन बनाएका थिए भने मयंक अग्रवाल र अभिषेक शर्माले ३२-३२ रन बनाएका थिए भने राहुल त्रिपाठीले २० रन बनाएका थिए ।

त्यसैगरी कोलकोताका बलर हर्षित रानाले सर्बाधिक ३ विकेट लिए भने आन्द्रे रसेलले २ तथा वरुण चक्रवर्ती र सुनिल नारनले एक एक विकेट लिएका थिए ।  

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ७ विकेट गुमाउदै २०८ रन बनाएको थियो ।

कोलकोताले खराब शुरुवात गरेपनि आन्द्रे रसेलको आक्रामक ब्याटिंगको सहयोगले विशाल योगफल बनाएको हो । रसेलले २५ बलमा अविजित ६४ रन बनाएका थिए ।

त्यसैगरी कोलकोताका लागि फिल साल्टले ५४ रन बनाए भने रामनदीप सिंहले ३५, रिंकु सिंहले २३ रनको योगदान दिएका थिए ।

त्यसैगरी सनराइजर्स हैदरावादका बलर टी नटराजनले सर्बाधिक ३ विकेट लिए भने मयंक मर्काण्डेले २ तथा कप्तान पाट कमिन्सले एक विकेट लिएका थिए ।

यो जितसंगै कोलकोताले नयाँ सिजनमा विजयी शुरुवात गरेको छ भने सनराइजर्सले रोमाञ्चक खेलमा हार बेहोर्दै सिजनको शुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो