2026-09-20 01:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईपीएलमा आज दुई खेल, पाँच पटकको च्याम्पियन मुम्बईलाई चुनौती दिँदै गुजरात

चैत ११, काठमाडौँ | इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार दुई वटा खेल खेलिँदै छ । पहिलो खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जाइन्ट्सको सामना गर्नेछ । उक्त खेल नेपाली समय अनुसार, दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

यसैगरी आइतबारको दोस्रो खेल गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबिच हुनेछ । जारी आईपीएलमा गुजरात र मुम्बईको यो पहिलो खेल हो । उक्त खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ । खेल नेपाली समय अनुसार, राति ७ः४५ बजे सुरु हुनेछ ।

आईपीएलको इतिहासमा मुम्बई सर्वाधिक सफल टोली हो । मुम्बईले हालसम्म पाँचपटक आईपीएलको उपाधि चुमिसकेको छ । मुम्बईले पाँचवटै उपाधि रोहित शर्माको कप्तानीमा जितेको थियो । तर, यसपटक मुम्बई सर्वाधिक सफल कप्तान शर्माको कप्तानीमा मैदानमा ओर्लने छैन ।

अर्कोतिर, गुजरात टाइटन्सले हालसम्म एकपटक मात्र आईपीएलको उपाधि पनि चुम्न सकेको छ । गुजरात टाइटन्स हालसम्म दुई पटक फाइनलमा पुगेको छ । एकपटक भने गुजरात टाइटन्स फाइनलमा पराजित भएको छ ।

यसपटक मुम्बई र गुजरात दुवै नयाँ कप्तानको नेतृत्वमा मैदानमा ओर्लने छन् । यसपटक मुम्बईको कप्तानी हार्दिक पाण्ड्याले गर्नेछन् । गुजरातको कप्तानी भने यसपटक शुभमन गिलले गर्नेछन् । गिलले आईपीएलमा पहिलो पटक कुनै पनि टोलीको कप्तानको जिम्मेबारी पाएका हुन् ।

यसअघि हार्दिक पाण्ड्या गुजरातबाट खेल्थे । उनकै कप्तानीमा गुजरातले दुई पटक फाइनल खेलेको थियो । हार्दिकको कप्तानीमा गुजरात सन् २०२२ मा च्याम्पियन बनेको थियो । सन् २०२३ मा भने गुजरात उपविजेतामा समेटिएको थियो ।

आईपीएलमा हालसम्म मुम्बई र गुजरातबिच कुल चार खेल खेलिएको छ । त्यसमा मुम्बई र गुजराज दुबैले दुई–दुई खेल जितेका छन् । अहमादाबादमा यसअघि गुजरात र मुम्बईबिच दुई खेल खेलिएको छ । ती दुवै खेलमा मुम्बई पराजित भएको छ । समग्रमा हालसम्म आफ्नो घरेलु मैदानमा खेलिएको १० मध्ये ६ खेलमा गुजरात विजयी भएको छ ।

सम्भावित टोली

मुम्बई इन्डिन्स : हार्दिक पाण्ड्या (कप्तान), रोहित शर्मा, ईशान किशन (विकेटकिपर), तिलक वर्मा, नेहाल वाधेरा, टिम डेभिड, मोहम्मद नाबी वा रोमारियो शेफर्ड, पियुष चावला, जेराल्ड कोट्जी, जसप्रित बुमराह र नुवान थुषरा ।

गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), ऋद्धिमान शाह, साई सुदर्शन, अजमतुल्लाह ओमरजाई, डेभिड मिलर, शाहरुख खान,  राहुल तेवातिया, राशिद खान, उमेश यादव, मोहित शर्मा र स्पेन्सर जानसन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो