2026-09-20 01:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

पाकिस्तानका इमाद र आमिरले तोडे सन्यास, टी-२० विश्वकप छनोटका लागि उपलब्ध

चैत १२, काठमाडौँ | पाकिस्तानका विवादास्पद बायाँ हाते फास्ट बलर मोहम्मद आमिरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने आफ्नो निर्णय परिवर्तन गरेका छन् । उनले आगामी जुनमा हुने टी-२० विश्वकप छनोटका लागि आफु उपलब्ध हुने बताएका छन् ।

यस अघि स्पट फिक्सिङको आरोपमा सन् २०१० देखि २०१५ सम्म प्रतिबन्धको सामना गरेका आमिरले २०२१ मा अन्तर्राष्ट्रिय क्रिकेटलाई अलविदा गरेका थिए । उनले त्यसपछि विभिन्न फ्रेन्चाईजी लिग खेल्दै आएका छन् । अब मोहसिन नक्वीको नेतृत्वमा रहेको पाकिस्तान क्रिकेट बोर्डले उनलाई पुनरागमन गर्न मनाएको बताइएको छ ।

यस अघि इमाद वासिमले आफ्नो सन्यास तोडेर टी-२० विश्वकपका लागि उपलब्ध हुने बताएका थिए । यस पटक इस्लामाबाद युनाइटेडलाई पीएसएल च्याम्पियन बनाउने इमाद वासिमले पनि सन्यास लिएर आगामी टी–२० विश्वकपका लागि आफूलाई उपलब्ध भएको घोषणा गरेका हुन् ।

आमिरले अगस्ट २०२० मा म्यानचेस्टरमा पाकिस्तानका लागि अन्तिम टी-२० खेल खेलेका थिए । उनलाई अब टी-२० विश्वकपका लागि बोलाइने क्याम्पमा राखिने सम्भावना छ । 

छिट्टै ३२ वर्ष पुग्न लागेका आमिरले अहिलेसम्म ३६ टेस्ट, ६१ एकदिवसीय र ५० टी-२० खेल खेलिसकेका छन् । उनले सबै फर्म्याटमा जम्मा २५९ विकेट लिएका छन् । आमिरले टेस्टमा ११९ विकेट, एकदिवसीयमा ८१ विकेट र टी–२० मा ५९ विकेट लिएका छन् । 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो