2026-10-31 10:50 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइपिएलको भोजपुरी कमेन्ट्रीमा अश्लील भाषाको प्रयोग भएपछि विवाद

चैत १२, काठमाडौँ । आइतबार कोलकाताको इडेन गार्डेनमा भएको आईपीएल खेलमा कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीचको खेलमा भोजपुरी भाषामा कमेन्ट्री गर्दा अश्लील भाषा प्रयोग गरेको भन्दै विवाद उत्पन्न भएको छ ।

धेरै दर्शकले यसको भिडियो सोसल मिडिया साइट एक्समा सेयर गरेका छन् र उचित कारबाहीको माग गरेका छन् । यो भिडियो निकै भाइरल भइरहेको छ ।

यो टिप्पणी सनराइजर्स हैदरावादको इनिङ्सको १९औं ओभरमा गरिएको हो ।

त्यतिबेला मिचेल स्टार्क बलिङ गरिरहेका थिए र हैदरावादका ब्याट्सम्यान हेनरिक क्लासेन लामो सट प्रहार गरिरहेका थिए । उक्त ओभरमा उनले तीन छक्का प्रहार गरे ।

मिड विकेटमा उनको छक्का प्रहार गर्दा भोजपुरी कमेन्टेटरले अश्लील भाषा प्रयोग गरेको आरोप लागेको छ । सो भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

धेरै दर्शकहरूले बीसीसीआई सचिव जय शाहसँगै भोजपुरी फिल्म अभिनेता तथा नेता मनोज तिवारी र रवि किशनलाई ट्याग गरेका छन् । तर, बोर्डले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय