2026-09-20 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आईपीएलमा आज लगातार दोस्रो जितको खोजीमा चेन्नई र गुजरात

चैत १३, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र गुजरात टाइटन्स खेल्दैछन् । खेल नेपाली समय अनुसार राति पौने ८ बजे चेन्नईमा शुरु हुनेछ ।

आईपीएलको जारी संस्करणमा यी दुवै टोलीले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । यी दुवै टोली आफ्नो पहिलो खेलमा विजयी भएका थिए । चेन्नईले आफ्नो पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलुरुलाई ६ विकेटले हराएको थियो ।

गुजरातले भने आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्सलाई ६ रनले पराजित गरेको थियो । त्यसैले मंगलबारको खेलमा यी दुवै टोली लगातार दोस्रो जितको खोजीमा हुनेछन् । अघिल्लो संस्करणको फाइनल खेल पनि यही दुई टोलीबिच खेलिएको थियो । फाइनलमा चेन्नई विजयी भएको थियो ।

 यी दुई टोलीबीच अहिलेसम्म ५ खेल भएका छन् । गुजरातले ३ र चेन्नईले २ पटक जितेको छ । चेन्नई साविक र गुजरात सन् २०२२ को उपाधि विजेता टोली हो ।

अघिल्लो वर्ष चेन्नईले गुजरातलाई ५ विकेटले हराउँदै उपाधि जितेको थियो । यसपाली चेन्नईमा कप्तान रुतुराज गायकवाड र गुजरातको शुभमन गिल रहेका छन् ।  उद्घाटन खेलमा चेन्नईले रोयल च्यालेन्जर्स बेंगलुरुलाई हराएको थियो भने गुजरातले आफ्नो पहिलो खेलमा मुम्बई इन्डियन्सलाई हराएको थियो ।

आईपीएल क्रिकेटमा हिजो भएको खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुले पञ्जाब किंग्सलाई ६ विकेटले हराउँदै पहिलो जित निकालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो