2026-08-22 10:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

खेलकुदमन्त्रीसँग कप्तान रोहितको गुनासो: सरकारले घोषणा गरेको पुरस्कार अझै पाएनौं

चैत १५, काठमाडौँ । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले सरकारले घोषणा गरेको आधाभन्दा बढी पुरस्कार नपाएको गुनासो गरेका छन् ।

एसीसी प्रिमियर लिग र भारतमा अभ्यास खेल्न जाने क्रिकेट टीमको बिदाइ कार्यक्रममा कप्तान रोहितले टी-२० विश्वकपमा छनोट भएको ५ महिना बितिसक्दा पनि सरकारले घोषणा गरेको रकम नपाएको गुनासो गरेका हुन् ।

ओमानमा हुने एसीसी प्रिमियर कप खेल्ने नेपाली क्रिकेट टोलीलाई खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले बिहीबार बिदाइ गरेका थिए।

एसियाली क्रिकेट परिषद (एसीसी) सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपाल, हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेको समूह एमा परेका छन्। समूह बीमा यूएई, ओमान, कुवेत, बहराइन र कम्बोडिया छन्।

प्रिमियर लिग खेल्न जाने नेपाली टिमको विदाई समारोहमा उपस्थित युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठसमक्ष राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले सरकारले घोषणा गरेको पुरस्कार रकम झैसम्म नपाएको गुनासो गरेका हुन् । पौडेलले सरकारले दिने भनेको कूल रकमको ६० प्रतिशतजति रकम अझै नपाएको बताए ।

‘सरकारले घोषणा गरेको ५०/६० प्रतिशत रकम अहिलेसम्म पाएका छैनौँ,’ उनले भने, ‘टी-२० विश्वकप छनोटपछि घोषणा गरेको रकम अहिलेसम्म उहाँहरूले भुक्तानी गर्नुभएको छैन ।’

यता युवा तथा खेलकुदमन्त्री श्रेष्ठले भने खेलाडीलाई आश्वासन दिँदै छिट्टै रकम निकासा गराउने प्रतिवद्धता जनाएका छन् ।

नेपालले प्रिमियर कपको पहिलो खेलमा आगामी चैत्र ३० गते मलेसियासँग खेल्नेछ।

दोस्रो खेलमा वैशाख १ गते कतारसँग तथा तेस्रो खेलमा वैशाख ३ गते हङकङसँग खेल्ने तालिका छ। समूह चरणको अन्तिम खेलमा वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो