2026-09-20 08:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

केजरीवालको पक्राउ बारे जर्मनी र अमेरिकापछि संयुक्त राष्ट्रसंघको टिप्पणी

चैत १६, काठमाडौँ ।  जर्मनी र अमेरिकापछि संयुक्त राष्ट्रसंघले भारतको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको गिरफ्तारीको विषयमा टिप्पणी गरेको छ ।

संयुक्त राष्ट्र संघका महासचिवका प्रवक्ता स्टेफेन डुजारिकले केजरीवाल पक्राउ परेको विषयमा टिप्पणी गरेका हुन् । उनले भनेका छन्- ‘हामी आशा गर्छौं कि भारतमा सबैको अधिकार सुरक्षित हुनेछ । यो भारतमा चुनावी समय हो, त्यसैले सबै नागरिकले स्वच्छ वातावरणमा मतदान गर्ने अवसर पाउनेछन् ।’

यसअघि केजरीवाल पक्राउ परेको विषयमा जर्मनी र अमेरिकाले पनि यस्तै टिप्पणी गरेका थिए । भारतको विदेश मन्त्रालयले भने आन्तरिक विषयमा टिप्पणी गरेको भन्दै अमेरिका र जर्मनीका कुटनीतिज्ञसँग स्पष्टीकरण लिएको थियो ।

मुख्यमन्त्री केजरीवाल मदिरा नीतिमा अनियमितता गरेको आरोपमा मार्च २२ देखि प्रवर्तन निर्देशनालय (इडी) को हिरासतमा रहेका छन् । उनलाई अदालतले अप्रिल १ सम्म हिरासतमा राख्न अनुमति दिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो