2026-08-22 08:36 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल ‘ए’ आयरल्याण्ड ‘ए’ सँग ४० रनले पराजित

चैत १७, काठमाडौँ | आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई पराजित गरेको छ । टी-२० सिरिजको दोस्रो खेलमा आयरल्याण्ड वोल्भ्सले नेपाल ए लाई ४० रनले पराजति गरेको हो ।

आयरल्याण्ड वोल्भ्सले दिएको २२५ रनको लक्ष्य पछाएको नेपालले १७.५ ओभरमा अल आउट हुदै १८४ रन मात्रै बनाउन सके । 

नेपाललाई ओपनरद्वय लोकेश बम र देव खनालले उत्कृष्ट सुरुवात दिलाएका थिए । बमले १३ बलमा २५ रन बनाएका थिए । उनले यसक्रममा ३ चौका र २ छक्का हिर्काए । त्यस्तै, खनालले २५ बलमा ४७ रन बनाए । उनले ७ चौका हिर्काएका थिए । कप्तान विनोद भण्डारीले १३ बलमा एक चौका र ३ छक्का हिर्काउँदै २६ रनको बनाएका थिए । 

आयरल्याण्डका लागि बेन ह्वाइटले ३ विकेट लिए । त्यस्तै, फियोन ह्याण्ड र थोमस मोयसले २–२ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आयरल्याण्डले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । आयरल्याण्डका लागि पिटर मुरले ६५ रनको बनाएका थिए । उनले मात्र २६ बलमा ३ चौका र ७ छक्का हिर्काएका थिए । कप्तान निल रकले ३४ बलमा ७१ रनको विस्फोटक इनिङ्स खेलेका थिए । उनले एक चौका र ७ छक्का प्रहार गरेका थिए । त्यस्तै, जेम्स म्याकोलमले २६ रन, फियोन ह्यान्डले १९ रन तथा रस अदिरले १७ रनको योगदान दिएका थिए ।

नेपालका लागि बलर सागर ढकालले ३ विकेट लिएका थिए । कमलसिंह ऐरी र पवन सरार्फले एक/एक विकेट लिएका थिए ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपाल आयरल्याण्डसँग २१ रनले पराजित भएको थियो । अघिल्लो खेलजस्तै यो खेलमा पनि मध्यक्रम चल्न नसक्दा नेपालले हारको सामना गर्नुपर्‍यो । योसँगै आयरल्याण्ड वोल्भ्सले तीन खेलको सिरिजमा २-० को अग्रता हासिल गरको छ र सिरिज जितेको पनि छ । अब सिरिजको अन्तिम खेल सोमबार हुने छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो