फ्रेन्डसिप कप अन्तर्गत जारी टी-२० सिरिजमा नेपालले गुजरात क्रिकेट एस"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फ्रेन्डसिप कप अन्तर्गत जारी टी-२० सिरिजमा नेपालले गुजरात क्रिकेट एस"/>
2026-09-20 11:13 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालको भारतमा लगातार तेस्रो जित, फ्रेन्डसिप कपको फाइनलमा

चैत २१,  काठमाडौँ । भारत टूरमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले लगातार तेस्रो जित हासिल गरेको छ ।

फ्रेन्डसिप कप अन्तर्गत जारी टी-२० सिरिजमा नेपालले गुजरात क्रिकेट एसोसियसनविरुद्ध लगातार दोस्रो र सिरिजमा तेस्रो जित हासिल गरेको हो ।

बुधबार सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ रनले पराजित गरेको छ । नेपालले दिएको १८२ रनको लक्ष्य पछाएको गुजरातले २० ओभरमा ७ विकेट गुमाउदै १७३ रन बनाएको हो ।

यस अघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ७ विकेट गुमाउदै १८१ रन बनाएको थियो ।

नेपालका लागि आसिफ सेखले सर्बाधिक ८५ रन बनाएका थिए । त्यसति कुशल भुर्तेलले ५४ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । 

त्यसैगरी गुजरातका बलर जयमित पटेलले ३ विकेट लिएका थिए भने दृशान्त सोनी र आर्या देसाईले २-२ विकेट लिएका थिए ।

यो जितसँगै नेपाल फ्रेन्डसिप कपको फाइनलमा पुगेको छ । नेपाल शुक्रबार बरोडासँग अन्तिम खेल नखेल्दै फाइनलमा पुगेको हो । यस फ्रेन्डसिप कपमा गुजरातले एक खेल जितेको छ भने बरोडाले कुनै जित हासिल गरेको छैन ।
  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो