2026-09-20 10:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालले जित्यो फ्रेण्डसीप कप टी–२० उपाधि, गुजरात १८ रनले पराजित

चैत २५, काठमाडौँ । नेपालले भारतमा फ्रेण्डसीप कप टी–२० क्रिकेटको उपाधि जितेको छ।

आइतबार भएको फाइनलमा नेपालले गुजरातलाई १८ रनले पराजित गरेको हो।

१७७ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको गुजरात निर्धारित ओभरमा ८ विकेट गुमाएर १५८ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि अभिनाष बोहराले ३ र दीपेन्द्र सिंह ऐरीले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको नेपालले पूरै ओभर खेलेर ४ विकेटको क्षतिमा १७६ रन बनायो।

नेपालका लागि रोहित कुमार पौडेलले अर्धशतकीय पारी खेले। कप्तान रोहित कुमार पौडेलले ७४ रन बनाए। उनले ४७ बलमा ५ चौका र ४ छक्का प्रहार गरे।

रोहितले ३३ बलमा ५० रन पूरा गरे। सो क्रममा उनले ३ छक्का र २ चौका प्रहार गरे।

आसिफ शेखले ३४, कुशल भूर्तेलले १९ र दीपेन्द्र सिंह ऐरीले ७ रन बनाए।

कुशल मल्लले ३१ रनमा र सन्दीप जोरा ७ रनमा अविजित रहे।

गुजरातका लागि शेन पटेल र तेजस पटेलले १–१ विकेट लिए।

बरोडा भने लिग चरणमै रोकिएको थियो । क्याप्टेन रोहित पौडेलसहितका सिनियर खेलाडीलाई आराम दिइएको बरोडासँगको लिग चरणको अन्तिम खेलमा भने नेपाल पराजित भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो