2026-09-20 09:54 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

समूह ए मा नेपालसँगै सेमिफाइनलको दावेदार मानिएको हङकङ समूहचरणबाटै आउट हुने संघारमा

बैशाख ३,  काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कपको सोमबार सम्पन्न खेलमा हङकङलाई २ विकेटले पराजित गरेसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो जित हासिल गर्दा हङकङले लगातार दोस्रो हारको सामना गर्यो ।

समूह ए मा नेपालसँगै हङकङ समिफाइनलको दावेदार मानिएको थियो । तर, लगातार दुई खराब प्रदर्शनले हङकङलाई समूह चरणबाटै आउट हुने डीलमा पुर्याएको छ । हिजो मात्र हङकङलाई कमजोर मानिएको साउदी अरबले स्तब्ध तुल्याएको थियो ।

समूह ‘ए’ मा तीन खेल खेलेको नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । दुई खेल खेलेको साउदी अरेबिया दुई अंकसहित दोस्रो स्थानमा आसिन छ । तीन खेल खेलेको मलेसिया भने दुई अंकसहित तेस्रो स्थानमा छ । यसैगरी तीन खेल खेलेको कतार दुई अंकसहित चौथो र तीन खेल खेलेको हङ्कङ दुई अंकसहित तालिकाको पाँचौँ स्थानमा रहेका छन् । अब साउदी अरेबियाले दुई खेल खेल्न बाँकी छ भने अन्य चारवटै टोलीले एक(एक खेलमात्र खेल्न बाँकी छ ।

प्रतियोगितामा मंगलबार कतार र साउदी अरेबियाबिच खेल हुनेछ । समूहगत चरणको अन्तिम दिन बुधबार नेपाल र साउदी अरेबिया तथा मलेसिया र हङ्कङबिच खेल हुनेछ । समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई-दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।

आजको हारपछि हङकङका कप्तान निजाकत खानले निराशा व्यक्त गरेका छन् । नेपालले बलिङ, ब्याटिङ र फिल्डिङ तीनै क्षेत्रमा आफूहरुलाई पछारेको उनले स्वीकारोक्ति गरे । खानले अबका नतिजाहरु आफ्नो टिमको फेभरमा आउने आशा व्यक्त गरेका छन् ।

खानले भने, ‘साउदीविरुद्धको हार हामीलाई धेरै भारी परेको थियो । आजको खेलमा हामी जितको लक्ष्यका साथ उत्रिएका थियौं । तर, नेपालले हाम्रोभन्दा धेरै राम्रो खेल्यो । नेपालले सबै क्षेत्रमा हामीलाई पछार्यो । उनीहरुको फिल्डिङ पनि निकै खतरनाक थियो । म आफैं पनि रनआउट भएँ । त्यो एउटा टर्निङ प्वाइन्ट थियो । तर सबै क्रेडिट नेपाललाई दिन चाहन्छु । अझै पनि केही भन्न सकिन्नँ । हाम्रो एउटा खेल मलेसियाविरुद्ध बाँकी छ । त्यसमा राम्रो जित निकाल्न चाहन्छौं । कतारले हामीलाई फेभर गर्ला भन्ने आशा छ’, उनले भने ।

नेपालका कप्तान रोहित पौडेलले बलरहरुलाई जितको क्रेडिट दिए । नयाँ बलमा बलरहरुले राम्रो सुरुवात दिएपछि सहज भएको उनको भनाइ छ । ओपनिङ ब्याट्सम्यानहरुको पनि पौडेलले प्रशंसा गरे । आजको प्लेयर अफ द म्याचको पुरस्कार अविनाश बोहरालाई दिइएको छ । उनले ३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो