बैशाख ५, काठमाडौँ | ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई सात विकेटले हराएको छ । जितसँगै हङ्कङले सेमिफाइनलमा पुग्ने सम्भावना पनि जिवितै राखेको छ । 

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ५, काठमाडौँ | ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई सात विकेटले हराएको छ । जितसँगै हङ्कङले सेमिफाइनलमा पुग्ने सम्भावना पनि जिवितै राखेको छ । 

2026-10-31 07:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मलेसियालाई हराएपछि हङकङको सेमिफाइनल प्रवेश सम्भावना जिवितै

बैशाख ५, काठमाडौँ | ओमानमा जारी एसीसी पुरुष प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको आफ्नो अन्तिम खेलमा हङ्कङले मलेसियालाई सात विकेटले हराएको छ । जितसँगै हङ्कङले सेमिफाइनलमा पुग्ने सम्भावना पनि जिवितै राखेको छ । 

तीन खेल खेलेको नेपाल ६ अंकसहित तालिकाको पहिलो स्थानमा छ । नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने निश्चित भइसकेको छ । उपविजेताका रुपमा सेमिफाइनलमा पुग्न हङ्कङ र साउदी अरेबियाबिच चर्को प्रतिस्पर्धा छ ।  हङ्कङ चार खेलबाट चार अंक बटुल्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । कतार र मलेसिया भने उपाधि होडबाट बाहिरिएका छन् । चार खेलबाट चार अंक बटुलेको कतार नेट रनरेटमा हङ्कङभन्दा पछाडि परेको छ । 

साउदी अरेबियाले तीन खेलबाट दुई अंक जोडेको छ । अहिले नेपाल र साउदी अरेबियाबिच खेल भइरहेको छ । उक्त खेलमा नेपाल विजयी भए साउदी अरेबिया उपाधि होडबाट बाहिरिने छ । यस्तो अवस्थामा हङ्कङ समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्ने छ ।

तर, नेपाललाई हराउन सकेमा साउदी अरेबिया सेमिफाइनलमा प्रवेश गर्नेछ । यस्तो अवस्थामा साउदी अरेबियाको पनि चार अंक हुनेछ । अहिले पनि हङ्कङको भन्दा साउदी अरेबियाको नेट रनरेट राम्रो रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय