2026-10-31 06:48 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

स्वर्ण बिजेता खेलाडी आदेश प्रायोजकको खोजीमा

बैशाख १३, रौतहट | बिगतमा ग्रामीण भेगका युवाहरु माझ खेल प्रति खासै रुचि नरहेपनि पछिल्लो समय नेपालमा क्रिकेटसँगै युवाहरुको अन्य खेल प्रति पनि आकर्षण बढ्दै गएको छ। तर साधन स्रोतको अभावमा केही राम्रो गर्ने चाहना हुँदा हुँदै पनि खेललाई निरन्तरता दिन युवाहरुको लागी ठूलो चुनौतीको सामना गर्नु परिरहेको छ।

रौतहट कटहरिया नगरपालिका-१ का १७ वर्षीय आदेश कुमार यादव गत हप्ता काठमाडौंमा भएको १४औं राष्ट्रपति रनिङ शिल्डमा स्प्रिन्ट विधाको १०० र २०० मिटर दुवै इभेन्टमा स्वर्ण जितेका थिए। 

एक दिन नेपालकै फास्टेस्ट स्प्रिन्टर बन्ने उनको लक्ष्य रहेको छ। तर स्रोत साधनाको अभावमा उनलाई ठूलो कठिनाइको सामना गर्नु परिरहेको छ। मध्यम बर्गिय परिवारका आदेश भन्छन्, ‘अहिलेसम्म म सँग कुनै प्रायोजक छैन, खेल सामग्री र पर्याप्त पौष्टिक आहार खान सक्ने अवस्था पनि छैन । भने जस्तो साधन स्रोत र सुविधा पाए अझ राम्रो प्रशिक्षण गरेर प्रदर्शन सुधार्न सकिन्छ ।’

राम्रो सुविधा पाएमा नेपाली खेलाडीले पनि अन्तर्राष्ट्रिय मेडल ल्याउन सक्ने उनकाे भनाइ छ । यस्ता उदीयमान खेलाडी आदेशको कटहरिया नगरपालिकाले प्रोतसाहनका लागि सम्मान सहित प्रयोजक भई सहयोग गर्नुपर्ने  स्थानीयहरुको भनाई रहेको छ। आदेशको सफलताबाट सम्पुर्ण कटहरिया नगरवासीसँगै सिङ्गो रौतहटवासी नेपाली जनता गौरवान्वित हुनेछ कटहरिया ४ का वडा युवा अध्यक्ष चन्दन कुशवाहाले आफ्नो विचार राखेका छन्।

आदेश संयुक्त अरब इमिरेट्स (युएई) मा अप्रिल २४ देखि हुने एसियन यू-२० एथ्लेटिक्स च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न गएका छन्। त्यहाँ उनले १०० र २०० मिटर दौडमा भाग लिँदैछन् । ‘यो मेरो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो । दुवै इभेन्टमा राम्रो गर्ने र जुनियरमा राष्ट्रिय कीर्तिमान बनाउने लक्ष्य छ’, उनले बताएका छन।

१४ औं राष्ट्रपति रनिङ शिल्डमा दौडन काठमाडौं आउनुअघि आदेशले भरतपुरमा भएको प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुदमा पनि दुवै विधामा स्वर्ण जित्दै एथ्लेटिक्सतर्फ उत्कृष्ट खेलाडी बनेका थिए ।

कटहरिया नगरपालिका-१ का १७ वर्षीय आदेश कुमार यादव वीरगञ्जमा बसेर पढाईका साथै एथ्लेटिक्सको प्रशिक्षण पनि लिइरहेका छन्। बिरगंजमा उनी श्री नारायणसँग प्रशिक्षण लिइरहेका छन् । आदेशले खेललाई आफ्नो करिअर भन्दा पनि रुचीका रुपमा मात्र हेरेका छन् । खेल संगै  भविष्यमा प्रहरी इन्सपेक्टर बन्ने सपना रहेको आदेशले बताएका छन।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पत्रकारमाथिको धरपकड छानबिन गरी दोषीलाई कारबाही गर्न रास्वपाको माग संविधान र लोकतन्त्रभन्दा माथि कोही छैन : रवि लामिछाने वर्षाका कारण एनपीएलमा सुदूरपश्चिम–विराटनगर खेलमा ढिलाइ वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय