2026-09-20 07:14 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपालको समुहमा रहेको दक्षिण अफ्रिकाले घोषणा गर्यो टी-२० विश्वकप खेल्ने खेलाडी

बैशाख १८, काठमाडौँ । दक्षिण अफ्रिकाले आगामी टी-२० विश्वकपको टिम घोषणा गरेको छ । आगामी जुन १ देखि २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपका लागि दक्षिण अफ्रिकाले आफ्नो १५ सदस्यीय टिमको घोषणा गरेको हो ।

दक्षिण अफ्रिकाको टी-२० विश्वकप टिम: एडेन मार्कराम (कप्तान), ओटनियल बार्टम्यान, जेराल्ड कोएट्जी, क्विन्टन डी कक, ब्योर्न फोर्टुइन, रीजा हेन्ड्रिक्स, मार्को जेन्सेन, हेनरिक क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिक नोर्टजे, कागिसो रबाडा, र्यान रिकेल्टन, ताब्रेज शाम्शी र ट्रिस्टन स्टब्स ।

रिजर्भ खेलाडीमा नान्द्रे बर्गर र लुंगी एनगिडी रहेका छन् र उनीहरु टिमसँगै ट्राभल गर्ने छन् ।

दक्षिण अफ्रिका टी- २० विश्वकपमा समुह डी मा रहेको छ । यस समुहमा दक्षिण अफ्रिकासहित बंगलादेश, श्रीलंका, नेदरल्याण्डस र नेपाल रहेका छन् ।

दक्षिण अफ्रिकाले विश्वकपमा आफ्नो पहिलो खेल जुन ३ मा श्रीलंकासँग खेल्ने तालिका रहेको छ । दक्षिण अफ्रीका र नेपालबीचको खेल भने जुन १५ मा हुने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो