2026-10-31 05:02 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

इङल्याण्डका आठ खेलाडीले आइपिएलका प्लेअफ खेल गुमाउने

बैशाख १८, काठमाडौँ । हाल इन्डियन प्रिमियर लिग (आइपिएल) खेलिरहेका इङल्याण्डका खेलाडी प्लेअफका लागि उपलब्ध नहुने भएका छन् । 

इङल्याण्डले आगामी टी-२० विश्वकपको तयारीका लागि भन्दै आफ्ना खेलाडीलाई लिगचरणका खेलपछि फिर्ता बोलाएको हो ।

इङल्याण्डले विश्वकप्को तयारीका लागि पाकिस्तानसँग टी-२० सिरिज खेल्ने बताएको छ ।

इंग्ल्याण्ड एण्ड वेल्स क्रिकेट बोर्डले आगामी आईसीसी पुरुष टी–२० विश्वकप २०२४ का लागि छनोट भएका सबै खेलाडीपाकिस्तानविरुद्धको टी–२० सिरिजका लागि उपलब्ध हुनुपर्ने बताएको छ । टोलीमा छनोट भएका खेलाडी इङ्ल्यान्ड फर्कनेछन् ।

आइपिएलको फाइनल खेल मे २६ मा हुनेछ । प्लेअफमा क्वालिफायर–१, एलिमिनेटर, क्वालिफायर–२ र फाइनल गरी कुल ४ खेल हुनेछन् ।

इङल्याण्डका आठ खेलाडीले आइपिएल खेलिरहेका छन् । जसमा जोस बटलर (राजस्थान रोयल्स), मोइन अली (चेन्नई सुपर किंग्स), जोनी बेयरस्टो, साम कुरान, लियाम लिभिङ्स्टन (तीनै पञ्जाब किंग्स), विल ज्याक्स, रीस टोपले (दुवै रोयल च्यालेन्जर्स बैंगलोर) र फिल साल्ट (कोलकाता नाइट राइडर्स) बाट खेलिरहेका छन् । यी सबै खेलाडीले आईपीएल प्लेअफ गुमाउने छन् ।

इङल्याण्डले पाकिस्तानसँग मे २२ देखि मे २८ सम्म ४ टी-२० खेल खेल्ने बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वर्षा रोकिएसँगै देशभर मौसममा सुधार, काठमाडौँमा घाम लाग्यो कुलेखानी ड्यामका ढोका खोल्नुपर्ने जोखिम, भीमफेदी–कुलेखानी सडक १२ घण्टा बन्द बारामा अस्पताल उद्घाटन विवाद चर्कियो, प्रहरीको गोली लागेर १४ वर्षीय बालक घाइते बाढीपहिरोले पृथ्वीराजमार्गसहित १२ भन्दा बढी सडकखण्ड अवरुद्ध वर्षाका कारण एनपीएलमा लुम्बिनी–चितवनको खेल रद्द, दुवैलाई १ अंक कुलेखानी जलाशयको सतह बढ्दै, सतर्क रहन आग्रह डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा