बिनोद विष्ट, कात्र्तिक ८ बैतडी     
बैतडीमा जारी बिडिसिए कप  क्रिकेट प्रतियोगिताको १६ औ संस्करणको उपधीका लागि योङ्ग स्टार क्रिकेट क्लब मेलौली  र एनआरवाईसि भिड्ने भएका छन् ।

सोमवार सम्पन्न सेमिफाईनल खेलमा जगन्नाथ क्रिकेट क्लब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिनोद विष्ट, कात्र्तिक ८ बैतडी     
बैतडीमा जारी बिडिसिए कप  क्रिकेट प्रतियोगिताको १६ औ संस्करणको उपधीका लागि योङ्ग स्टार क्रिकेट क्लब मेलौली  र एनआरवाईसि भिड्ने भएका छन् ।

सोमवार सम्पन्न सेमिफाईनल खेलमा जगन्नाथ क्रिकेट क्लब"/>

२०८२, १५ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बिडिसिए कपको उपाधीका लागी मेलौली र एनआरवाईसि भिड्ने

२०७३, ८ कार्तिक सोमबार ११:३७

बिनोद विष्ट, कात्र्तिक ८ बैतडी     
बैतडीमा जारी बिडिसिए कप  क्रिकेट प्रतियोगिताको १६ औ संस्करणको उपधीका लागि योङ्ग स्टार क्रिकेट क्लब मेलौली  र एनआरवाईसि भिड्ने भएका छन् ।

सोमवार सम्पन्न सेमिफाईनल खेलमा जगन्नाथ क्रिकेट क्लब थालिगाडालाई  ३ विकेटले पाखा लगाउदै मेलौली फाईनल प्रवेश गरेको हो भने पञ्चकोटी क्रिकेट क्लब खडेनीलार्ई  ८६ रनले पराजित गर्दै एनआरवाईसिले   फाईनलमा स्थान सुरक्षित गरेको हो ।

निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा सोमवार सम्पन्न पहिलो सेमिफाईनल खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको  थालिगाडाले सौरभ चन्दको ७१ तथा नविन चन्दको ५१ रनको मद्दतले निर्धारित २० ओभरमा ६विकेटको क्षतीमा २०६ रन बनाएको थियो । मेलौलीका थानेश्वर विष्ट र महेश विष्टले समान दुई दुई विकेट हात पारेका थिए ।

२०७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको मेलौलीले मुकुन्द क्षेत्रीको उत्कृष्ठ ब्याटिङ गर्दै अर्धशतकिय पारीसंगै ११ बल बाकी छदै लक्ष्य भेट्टाएको थियो । मेलौलीका मुकुन्द क्षेत्रीले ४६ बलमा ९१ रन बनाएका थिए । यस्तै दिलिप बिष्टले ३५ र धिरेन्द्र दयालले २० रन जोडेका थिए ।

पहिलो ओभरमै २ विकेट गुमाएर धर्माराएको मेलौलीको पारी मुकुन्द र दिलिपले तेस्रो विकेटको लागी १४३ रनको साझेदारी गर्दै फाईनलमा पुर्याएको हो ।

थालिगाडाका  मोहित भण्डारीले ३ तथा कमल ऐरीले २ विकेट हात पारेपनि अन्य बलर चल्न नसक्दा थालिगाडा सेमिफाईनलबाटै घर फर्किन बाध्य भएको स्कोरर द्रोपती कुँवरले जानकारी दिनुभयो ।

यस्तै सोमवारनै निङ्गलाशैनी खेलमैदानमा सम्पन्न दोस्रो सेमिफाईनल खेलमा पञ्चकोटी क्रिकेट क्लबलाई ८६ रनले पराजित गर्दै एनआरवाईसि क्रिकेट क्लब बठ्ठा फाईनल प्रवेश गरेको छ ।

टस हारेर ब्याटिङको निम्ता पाएको  एनआरवाईसिले राम चन्दको ३७  र महेश चन्दको ३५ रनको मद्दतले १८ ओभरमा अलआउट हुदै १५४ रन बनाएको थियो । पञ्चकोटीका महेश भण्डारीले ३ तथा राजेन्द्र थापा र प्रकास बुडालले समान दुई दुई विकेट हात पारेका थिए ।

१५५ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको पञ्चकोटी राजेन्द्र थापाको सर्वाधिक ३४ रनको मद्दतले १२ दशमलब २ ओभरमा ६८ रन समेटियो । एनआरवाईसिका तिलक चन्ले ४ तथा सुरज बोहराले ३ विकेट हात पारेका थिए ।

फाईनल खेल तथा उपाधी भिडन्त मंगलवार निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा सञ्चालन हुने बताईएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा कात्तिक २ गतेदेखि सुरु भएको बिडिसिए क्रिकेट कप प्रतियोगितामा  १६ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताबाट उत्कृष्ठ खेलाडीबाट राष्ट्रिय प्रतियोगिताका लागी क्षेत्र नम्बर ६ बैतडीको टिम बनाईने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष रमेश बोहराले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, ट्रफी र प्रमाणपत्र द्वितिय हुनेलाइ १५ हजार नगद ट्रफी र प्रमाणपत्र पाउनेछन भने म्यान अफ द सिरिज हुने खेलाडीलाई एउटा क्रिकेट ब्याट प्रदान गरिने आयोजक बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आवेदन दिएको दिनमै श्रम स्वीकृति ओली र लेखकलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति ओली पक्राउको विरोधमा आज पनि काठमाडौँमा एमालेको प्रदर्शन नेप्से परिसूचकमा ठूलो गिरावट नेकपा संसदीय दलको नेतामा प्रचण्ड कारबाही उत्तेजना र आवेगमा आएर होइन, कानूनी प्रक्रिया बमोजिम हुनुपर्छ: कांग्रेस वीरगञ्ज नाका हुँदै २ हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए पूर्वप्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकको पक्राउ अपरिपक्व निर्णय हो : पूर्वराष्ट्रपति भण्डारी प्रदर्शनमा उत्रिएका एमाले कार्यकर्ता र प्रहरीबीच झडप केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो: दुर्गा प्रसाईं काठमाडौँमा वर्षा ओली पक्राउको विरोधमा प्रदर्शन ओली पक्राउको विरोधमा उत्रिए एमालेका कार्यकर्ताहरु पूर्वगृहमन्त्री लेखक २ नं गण महाराजगञ्जमा नवनिर्वाचित सांसदहरुलाई कांग्रेसको अभिमुखिकरण शुरु कानुन कार्यान्वयनमा दह्रोसँग उभिन गृहमन्त्रीको निर्देशन ओलीलाई गरिएको गिरफ्तारी गैरकानुनी र राजनीतिक प्रतिशोधपूर्ण कदम हो: रामकुमारी झाँक्री चार प्रमुख निर्णय गर्दै एमाले सचिवालय बैठक सम्पन्न काठमाडौँबाट रोल्पातर्फ जाँदै गरेको बस दुर्घटना ओली चिकित्सकको निगरानीमा, त्रिवि शिक्षण अस्पताल भर्ना