बिनोद विष्ट, कात्र्तिक ८ बैतडी     
बैतडीमा जारी बिडिसिए कप  क्रिकेट प्रतियोगिताको १६ औ संस्करणको उपधीका लागि योङ्ग स्टार क्रिकेट क्लब मेलौली  र एनआरवाईसि भिड्ने भएका छन् ।

सोमवार सम्पन्न सेमिफाईनल खेलमा जगन्नाथ क्रिकेट क्लब"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बिनोद विष्ट, कात्र्तिक ८ बैतडी     
बैतडीमा जारी बिडिसिए कप  क्रिकेट प्रतियोगिताको १६ औ संस्करणको उपधीका लागि योङ्ग स्टार क्रिकेट क्लब मेलौली  र एनआरवाईसि भिड्ने भएका छन् ।

सोमवार सम्पन्न सेमिफाईनल खेलमा जगन्नाथ क्रिकेट क्लब"/>

२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बिडिसिए कपको उपाधीका लागी मेलौली र एनआरवाईसि भिड्ने

८ कार्तिक २०७३, सोमबार ११:३७

बिनोद विष्ट, कात्र्तिक ८ बैतडी     
बैतडीमा जारी बिडिसिए कप  क्रिकेट प्रतियोगिताको १६ औ संस्करणको उपधीका लागि योङ्ग स्टार क्रिकेट क्लब मेलौली  र एनआरवाईसि भिड्ने भएका छन् ।

सोमवार सम्पन्न सेमिफाईनल खेलमा जगन्नाथ क्रिकेट क्लब थालिगाडालाई  ३ विकेटले पाखा लगाउदै मेलौली फाईनल प्रवेश गरेको हो भने पञ्चकोटी क्रिकेट क्लब खडेनीलार्ई  ८६ रनले पराजित गर्दै एनआरवाईसिले   फाईनलमा स्थान सुरक्षित गरेको हो ।

निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा सोमवार सम्पन्न पहिलो सेमिफाईनल खेलमा टस हारेर ब्याटिङको निम्ता पाएको  थालिगाडाले सौरभ चन्दको ७१ तथा नविन चन्दको ५१ रनको मद्दतले निर्धारित २० ओभरमा ६विकेटको क्षतीमा २०६ रन बनाएको थियो । मेलौलीका थानेश्वर विष्ट र महेश विष्टले समान दुई दुई विकेट हात पारेका थिए ।

२०७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको मेलौलीले मुकुन्द क्षेत्रीको उत्कृष्ठ ब्याटिङ गर्दै अर्धशतकिय पारीसंगै ११ बल बाकी छदै लक्ष्य भेट्टाएको थियो । मेलौलीका मुकुन्द क्षेत्रीले ४६ बलमा ९१ रन बनाएका थिए । यस्तै दिलिप बिष्टले ३५ र धिरेन्द्र दयालले २० रन जोडेका थिए ।

पहिलो ओभरमै २ विकेट गुमाएर धर्माराएको मेलौलीको पारी मुकुन्द र दिलिपले तेस्रो विकेटको लागी १४३ रनको साझेदारी गर्दै फाईनलमा पुर्याएको हो ।

थालिगाडाका  मोहित भण्डारीले ३ तथा कमल ऐरीले २ विकेट हात पारेपनि अन्य बलर चल्न नसक्दा थालिगाडा सेमिफाईनलबाटै घर फर्किन बाध्य भएको स्कोरर द्रोपती कुँवरले जानकारी दिनुभयो ।

यस्तै सोमवारनै निङ्गलाशैनी खेलमैदानमा सम्पन्न दोस्रो सेमिफाईनल खेलमा पञ्चकोटी क्रिकेट क्लबलाई ८६ रनले पराजित गर्दै एनआरवाईसि क्रिकेट क्लब बठ्ठा फाईनल प्रवेश गरेको छ ।

टस हारेर ब्याटिङको निम्ता पाएको  एनआरवाईसिले राम चन्दको ३७  र महेश चन्दको ३५ रनको मद्दतले १८ ओभरमा अलआउट हुदै १५४ रन बनाएको थियो । पञ्चकोटीका महेश भण्डारीले ३ तथा राजेन्द्र थापा र प्रकास बुडालले समान दुई दुई विकेट हात पारेका थिए ।

१५५ रनको विजयी लक्ष्यका साथ मैदान उत्रेको पञ्चकोटी राजेन्द्र थापाको सर्वाधिक ३४ रनको मद्दतले १२ दशमलब २ ओभरमा ६८ रन समेटियो । एनआरवाईसिका तिलक चन्ले ४ तथा सुरज बोहराले ३ विकेट हात पारेका थिए ।

फाईनल खेल तथा उपाधी भिडन्त मंगलवार निङ्गलाशैनी खेल मैदान देहिमाण्डौंमा सञ्चालन हुने बताईएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा कात्तिक २ गतेदेखि सुरु भएको बिडिसिए क्रिकेट कप प्रतियोगितामा  १६ टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिताबाट उत्कृष्ठ खेलाडीबाट राष्ट्रिय प्रतियोगिताका लागी क्षेत्र नम्बर ६ बैतडीको टिम बनाईने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष रमेश बोहराले बताउनुभयो ।

प्रतियोगितामा प्रथम हुनेले नगद २५ हजार, ट्रफी र प्रमाणपत्र द्वितिय हुनेलाइ १५ हजार नगद ट्रफी र प्रमाणपत्र पाउनेछन भने म्यान अफ द सिरिज हुने खेलाडीलाई एउटा क्रिकेट ब्याट प्रदान गरिने आयोजक बैतडी जिल्ला क्रिकेट संघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला