2026-09-20 06:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

विश्वकपका लागि छानिएको नेपाली टोली अहिलेको ‘बेस्ट १५’ : कप्तान रोहित

वैशाख २०, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले विश्वकपका लागि छनोट गरिएको राष्ट्रिय टोलीमा कुनै त्रुटी नरहेको बताएका छन् ।

उनले अहिलेको अवस्थामा ‘बेस्ट १५’ छनोट भएको बताए । ‘अहिलेको सिनारियोमा यो बेस्ट १५ हो’, वेस्ट इन्डिज एसँग शृंखला गुमाएपछि कप्तान रोहितले भने ।

नेपाल क्रिकेट संघ-क्यानले बुधबार आगामी महिना हुने विश्वकपका लागि १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको थियो । वेस्ट इन्डिज एसँग पहिलो खेल जितेको नेपालले लगातार ३ खेल गुमाएपछि ५ खेलको शृंखला हारेको हो ।

बिहीबारको खेलमा नेपालले अधिकांश पहिलो रोजाइका खेलाडी उतारेको थियो । २१० रनको लक्ष्य पछ्याएको नेपाल २८ रनले पराजित भयो ।

नेपाल क्रिकेट संघ-क्यानले बुधबार आगामी महिना हुने विश्वकपका लागि १५ सदस्यीय राष्ट्रिय टोलीको घोषणा गरेको थियो ।

वेस्ट इन्डिज एसँग पहिलो खेल जितेको नेपालले लगातार ३ खेल गुमाएपछि ५ खेलको शृंखला हारेको हो ।

बिहीबारको खेलमा नेपालले अधिकांश पहिलो रोजाइका खेलाडी उतारेको थियो । २१० रनको लक्ष्य पछ्याएको नेपाल २८ रनले पराजित भयो ।

उनले नेपाली खेलाडीले ठीक निर्णय लिन नसकेको र धैर्यतासाथ खेल्न नसकेको टिप्पणी पनि गरे । पावर प्लेमा अपेक्षित प्रदर्शन गर्न नसक्दा टोली दबाबमा परेको उनको भनाइ थियो । कप्तान रोहित एक्लैले ८२ रन बनाए । उनले यो टोलीविरुद्ध अघिल्ला दुई खेलमा शतक र अर्धशतक बनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो