2026-09-20 06:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

दशरथ रंगशालाले अन्तर्राष्ट्रिय मान्यता गुमाउने!

बैशाख २४, काठमाडौँ | नेपालको एकमात्र अन्तर्राष्ट्रिय मान्यता प्राप्त दशरथ रंगशालाको फुटबल मैदानले अब अन्तर्राष्ट्रिय फुटबल गर्ने मान्यता गुमाउने भएको छ ।

एसियाली फुटबल महासंघ (एएफसी) ले गत साता गरेको रंगशाला निरीक्षणपछि रंगशालाको विभिन्न पक्षमा प्रश्न उठाएको हो । एन्फा महासचिव किरण राईका अनुसार रंगशालाको मैदानको पिच, फ्लड लाइट र सुरक्षा सम्बन्धि विषयमा एएफसीले गम्भीर प्रश्न गरेको छ ।

प्रारम्भिक चरणको निर्णयपछि एएफसीले एन्फालाई अन्तर्राष्ट्रिय खेल आयोजना गर्न नदिने भएको छ । महासचिव राईका अनुसार यस विषयमा एन्फाले एएफसीसँग छलफल भने गरिरहेको छ ।

‘वहाँहरुले पिच, फ्लड लाइट र सुरक्षा नीतिबारे प्रश्न गर्नुभएको छ । यसबारे हामीले एएफसीसँग छलफल गरिरहेका छौं । हामीले प्रयास गरिरहेका छौं,’ उनले भने ।

हालको अवस्था कायम रहे नेपालले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल गराउन पाउने छैन । मुख्यगरी अर्को महिना हुने फिफा विश्वकप छनोटअन्तर्गत यूएईविरुद्ध खेल नहुने भएको छ ।

सँगसँगै एएफसीले रंगशाला अयोग्य भनेसँगै एएफसीका क्लब प्रतियोगितामा पनि नेपालले खेल्न नपाउने डर बढेको छ । एएफसीको क्लब लाइसेन्स प्राप्त गर्न आफ्नै मैदान आवश्यक हुन्छ । तर नेपालमा क्लबको आफ्नो मैदान नभएकाले रंगशालालाई नै मुख्य मैदान देखाउने गरिएको थियो ।

नेपालले अघिल्लो महिना बहराइनविरुद्ध हुनुपर्ने खेल पनि रंगशालाको स्थितिकै कारण गुमाएको थियो । त्यसबेला बहराइनले मैदानको अवस्थाका कारण खेल्न मानेको थिएन । त्यसपछि राष्ट्रिय खेलकुद परिषदले एन्फाबाट मैदान हेरचाहको जिम्मेवारी खोसेको थियो ।

तर राखेपले जिम्मेवारी लिएपछि निरन्तर मैदान सुधार्ने काम भएपनि एएफसीले मैदानलाई मान्यता नदिएको हो । फ्लड लाइट र सुरक्षा नीतिबारे भने रंगशालामा भौतिक रुपमा नै परिवर्तन गर्नुपर्ने अवस्था रहेको छ । यसका लागि राखेप र सरकारबाट नै कदम चाल्नुपर्ने अवस्था छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो