2026-09-20 06:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अमेरिका पुग्यो नेपाली क्रिकेट टोली

बैशाख २४, काठमाडौँ | नेपाली क्रिकेट टोली अमेरिका पुगेको छ । आइसिसी टी २० विश्वकप क्रिकेटका लागि काठमाडौंबाट प्रस्थान गरेको टोली अमेरिकाको फ्लोरिडाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएको हो ।

पहिलो चरणमा गएको टोली मियामी पुगिसकेको छ भने दोस्रो चरणको टोली पुग्ने क्रममा रहेको छ । काठमाडौंबाट जानलाई एकै चरणमा टिकट नपाइएपछि टोली दुई चरणमा गरेर अमेरिका प्रस्थान गरेको थियो । टी २० विश्वकपको अभ्यासका लागि नेपाली टोली त्यहाँबाट वेस्टइन्डिज पुग्ने छ ।

मियामी अन्तर्राष्ट्रिय एयरपोर्टमा उत्रिएको नेपाली टोलीलाई नेप्लिज एशोसिएशन अफ फ्लोरिडाका पदाधिकारीले स्वागत गरे । उपाध्यक्ष विनोद बस्नेतसहित पारस पन्त, सुदन सुवाल, सुमन सुवेदीका साथै नेपाली विद्यार्थीहरूले स्वागत गरेका हुन् ।

नेपाली टोलीले फ्लोरिडामै केही दिन अभ्यासपछि आइतबार वेस्टइन्डिज जाने छ । त्यसैगरी मिट एन्ड ग्रीट कार्यक्रममा पनि नेपाली टोली केही दिन व्यस्त बन्ने छ । वेस्टइन्डिजमा अभ्यास गरेपछि नेपाली टिम विश्वकपका लागि अमेरिका आउने छ । त्यसपछि पनि फेरि विश्वकपको म्याचका लागि नेपाली टिमले वेस्टइन्डिजकै भ्रमण गर्नुपर्ने छ ।

आइतबार काठमाडौंबाट प्रस्थान गरेको टोली भने आज राति मात्रै मियामी पुग्ने छ । नेपाली टिमका सबै खेलाडीहरू पुगेपछि फ्लोरिडामा नेपालीहरुसँग मिट एन्ड ग्रिट कार्यक्रमको आयोजना मंगलबार राखिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो