2026-09-20 05:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रिमियर लिगमा भिल्ला र लिभरपुलको ३-३ गोलको रोमाञ्चक बराबरी

जेठ १, काठमाडौँ | इंग्लिस प्रिमियर लिग फुटबलमा एस्टन भिल्ला र लिभरपुलले बराबरी गोलमा रोकियाका  छन् । सोमबार राति भएको खेलमा दुवै टिमले ३-३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

एस्टनको मैदानमा लिभरपुलले आत्माघाती गोलमार्फत अग्रता लिएको थियो । एस्टनका डामिना मार्टिनेजले आफ्नै पोस्टमा गोल गरेपछि लिभरपुलले सुरुमै अग्रता लिए।

त्यस पछि भिल्लाका लागि १२ औं मिनेटमा योरी टेलिमान्सले गोल गर्दै बराबरीमा ल्याए । २३ औं मिनेटमा कोडी म्याथेसले गोल गरेपछि लिभरपुल २–१ ले अघि बढ्यो । 

पहिलो हाफमा २–१ ले अघि रहेको लिभरपुलका लागि दोस्रो हाफको ४८औं मिनेट जेरेल अमोरिन क्वान्साहले गोल गर्दै ३-१  को अग्रता दिलाए । तर, निर्धारित समय सकिन अन्तिम पाँच मिनेट बाँकी रहेका बेला लिभरपुलले लय गुमायो ।

एस्टन भिल्लाका लागि ८५ औं मिनेटमा जोन डुरनले गोल गर्दै  खेलमा फर्काउने संकेत गरे । उनले ८८ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै एस्टनलाई ३–३ को बराबरीमा ल्याउन सफल भए ।

यो बराबरीसँगै एस्टन भिल्ला ३७ खेलबाट ६८ अंकका साथ तालिकाको चौथो स्थानमा छ । समान खेलबाट ७९ अंक जोडेको लिभरपुल तेस्रो स्थानमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो