2026-07-27 07:35 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जाभीलाई बर्खास्त गर्ने तयारीमा बार्सिलोना !

जेठ ५, काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले प्रशिक्षक जाभी हर्नानडेजलाई बर्खास्त गर्ने तयारी गरेको छ ।

मिडिया रिपोर्टका अनुसार जाभी बार्सिलोनामै रहने सहमति भएको केहि सातामै बार्सिलोनाले जाभीलाई बर्खास्त गर्ने दाबि गरिएको छ ।

काटालन रेडियो स्टेसन आरएसी-१ ले बार्सिलोनाका प्रेसिडेन्ट जोन लापोर्टाले जाभीलाई बर्खास्तको तयारी गरेका हुन् ।

यस अघि जाभीले गत जनवरीमै यस सिजनको अन्त्यमा बार्सिलोना छोड्ने घोषणा गरेका थिए । यस सिजनमा ला लिगा पनि जित्ने अवस्थामा नरहेको र च्याम्पियन्स लिगबाट पनि बाहिरएको अवस्थामा जाभीले बार्सिलोना छोड्ने निर्णय सुनाएका थिए ।

तर केहि साता अघि मात्र प्रेसिडेन्ट लापोर्टा र क्लबका अन्य वरिष्ठ अधिकारीहरुसँगको छलफलपछि जाभी अझै एक सिजन बार्सिलोनामै रहन सहमत भएका थिए । साथै जाभीले बार्सिलोनाको आर्थिक अवस्था राम्रो नभएकोले रियल म्याड्रिडसँग प्रतिष्पर्धा गर्न मुश्किल भएको धारणा व्यक्त गरेका छन् ।  

रिपोर्टका अनुसार बार्सिलोनाका केहि खेलाडीको विषयमा जाभी र व्यवस्थापनबीच फरक धारणा बनेपछि जाभीलाई हटाउने निष्कर्ष निकालिएको छ । साथै जाभीले हाल क्लबमा रहेका खेलाडीको क्षमता अनुसारको नतिजा निकाल्न नसकेको बोर्डको निष्कर्ष समेत रहेको बताइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ