2026-06-27 02:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

प्रिमियर लिगका अन्तिम खेल आज, उपाधिको दौडमा म्यानचेस्टर सिटी र आर्सनल

जेठ ६, काठमाडौँ । इङलिश प्रिमियर लिगको विजेताको टुंगो आज लाग्दै छ । आज लिगका अन्तिम खेल हुदै छन् । नेपाली समय अनुसार राति ८: ४५ बजेदेखि लिगका खेल हुदै छन् ।

लिगको उपाधि जित्ने दौडमा म्यानचेस्टर सिटी र आर्सनल रहेका छन् । अन्तिम खेलमा म्यानचेस्टर सिटीले वेस्टह्याम युनाइटेडसँग खेल्ने तालिका रहेको छ । सिटीको घरेलु मैदानमा हुने यो खेल म्यानचेस्टर सिटीले जितेको खण्डमा लिगको उपाधि जित्ने छ ।


जित बाहेकको अन्य नतिजाले सिटी आर्सनलको खेलको नतिजामा भरपर्नु पर्ने छ । त्यस्तै आर्सनलले अन्तिम खेलमा एभर्टनसँग आफ्नै घरेलु मैदानमा खेल्दै छ । आर्सनलले यो खेल जितेर मात्र लिग जित्न पर्याप्त हुदैन । आर्सनलले यो खेल जितेर म्यान्चेस्टर सिटी कम्तिमा बराबरीमा रोकिएमा मात्र आर्सनलले लिगको उपाधि जित्ने छ । 

त्यस्तै आजको खेलको नतिजाले प्रिमियर लिगबाट अर्को सिजन च्याम्पियन्स लिगमा पुग्ने चार टिममा कुनै असर गर्ने छैन । प्रिमियर लिगबाट म्यानचेस्टर सिटी, आर्सनल, लिभरपुल र एस्टन भिल्ला च्याम्पियन्स लिगका लागि छनौट भएका छन् । त्यस्तै आज टोटनह्याम पराजित भएमा र चेल्सीले आफ्नो खेल जितेमा भने चेल्सी युरोपा लिगका लागि छनौट हुने छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट