2026-09-20 04:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अमेरिकी दूतावासले २०७८ मा पनि आजै जसरी फर्काएको थियो सन्दीपलाई

जेठ ९, काठमाडौँ । अमेरिकी दूतावासले क्रिकेटर सन्दीप लामिछानेको भिसा ५ वर्षअघि पनि रोकेको थियो । सन् २०१९ अगस्ट १३ (२०७८ साउन २८) मा अन्तर्वार्तामा बोलाएर आजै जसरी सन्दीपलाई फर्काइएको थियो ।

सन्दीपले त्यसबारेमा सामाजिक सञ्जालमा आलोचनात्मक पोस्ट गरेका थिए । अमेरिकी दूतावासको ह्याण्डल तथा तत्कालीन अमेरिकी राजदूत रेन्डी बेरीलाई मेन्सन गर्दै लामिछानेले लेखेका थिए, ‘आज मैले सीपीएल प्रतियोगिता खेल्नको लागि भिसा लिन अमेरिकी दूतावास गएको थिएँ । नेपालको प्रतिनिधित्व गरेर सन् २०१६ बाट राष्ट्रिय टीमबाट विश्वभर क्रिकेट खेल्दै आएको मलाई भिसा अस्वीकार हुँदा ज्यादै ठूलो अनौठो लागेको छ । म यो सबै देखिरहँदा मुस्कुराइरहेको थिएँ, अवाक भएको थिए । सबै चाहिने कागजात हुँदा पनि मलाई भिसा दिइएन । खेलाडीको रूपमा मलाई सीपीएल २०१९ खेल्न अब गाह्रो हुनेछ ।’

सन्दीपले यस्तो आलोचनात्मक ट्वीट भाइरल भएसँगै अमेरिकी दूतावासको व्यापक आलोचना भएको थियो । त्यसको केही घण्टापछि सन्दीपलाई दूतावासले आफैँ बोलाएर भिसा दिएको थियो ।

योपटक सन्दीपले अमेरिका र वेस्ट इन्डिजमा हुन लागेको टी-२० विश्वकपमा सहभागी हुन जान अमेरिकाको भिसा एप्लाई गरेका थिए । जसलाई अमेरिकी दूतावासले अस्वीकृत गरेको सन्दीपले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

भिसा रद्दलगत्तै क्यान सचिव पारस खड्काले सन्दीपलाई लिएर फेरि दूतावास गएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो