2026-09-20 04:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीपलाई अमेरिका पठाउन क्यानको दौडधुप

जेठ १०, काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएपछि नेपाल क्रिकेट एसोसिएशन (क्यान) ले पहल थालेको छ । क्यानका सचिव पारस खड्का लगाएतले भिसा प्रक्रियाका लागि आज खेलकुदमन्त्री देखि प्रधानमन्त्री कार्यालयसम्म दौडधुप गरेका छन् ।

उनले आज खेलकुद मन्त्री विराजभक्त श्रेष्ठलाई भेटेर भिसा प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेको राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए ।

शाहीले लेखेका छन्, ‘बिहानै देखि सन्दिप लामिछानेलाई विश्वकप खेल्न अमेरिका जाने भिसा प्रक्रियाका लागि नेपाल सरकारका सबै निकाय  प्रधानमन्त्री कार्यालय  ,गृहमन्त्री र खेलकुद मन्त्री ज्यु सँग पहल गरेका छौ ! आशा छ  विश्वकप खेल्ने बाटो खुल्ने छ र नेपाली चन्द्र सुर्य झन्डा फरफराउने छ !’

आगामी जुन १ देखि २९ तारिखसम्म वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने आईसीसी टी-ट्वान्टी क्रिकेट विश्वकप खेल्न नेपाली टोली अमेरिका पुगिसकेको छ । 

उच्च अदालत पाटनबाट बलात्कार गरेको आरोपमा लामिछानेले सफाइ पाएपछि क्यानले लामिछानेलाई विश्वकप खेल्न अमेरिका पठाउन लागेको हो । तर अमेरिकाले भने लामिछानेलाई भिसा दिएकाे छैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो