2026-10-31 12:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

सन्दीपले विश्वकप गुमाउने खतरा बढ्यो, भिसाको काम आज पनि अघि नबढ्ने

जेठ १४, काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछानेको आज पनि भिसाको काम अघि नबढ्ने भएको छ । अमेरिकामा आज ‘मेमोरियल डे’ परेको छ । हरेक वर्षको २७ मेमा मेमोरियल डे मनाउने भएकाले सबै देशका कूटनीतिक नियोगमा आज सार्वजनिक बिदा दिइएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासमा पनि बिदा भएकाले आज सन्दीपको भिसाको प्रक्रिया अघि नबढ्ने भएको हो । 

मेमोरियल डे अमेरिकी सेनामा कार्यरतले जीवन आहुती गरेको दिनको रूपमा मनाइन्छ । मेमोरियल डेको उपलक्ष्यमा आज अमेरिकी दूतावासमा विदा भए पनि मंगलबार नेपालको गणतन्त्र दिवस परे पनि कार्यालय भने खुला रहनेछ । यता नेपाल सरकारका सरकारी निकाय भने मंगलबार विदा हुँदा त्यसले पनि भिसा प्रकृयामा अप्ठेरो पार्ने सम्भावना झन् बढेको छ । 

पहिलोपटक भिसा रिजेक्ट भएपछि पुनः सन्दीपले प्रक्रियाअघि बढाएका थिए । तर, अहिलेसम्म सरकारले कूटनीतिक नोट नै जारी नगरेकाले सन्दीपले अमेरिका र वेस्ट इण्डिजमा आयोजना हुन लागेको आइसिसी टी–२० विश्वकप गुमाउने खतरा थप बढेको छ । 

नेपाली टिम अमेरिका प्रस्थान गर्दा अदालतमा मुद्दा विचाराधीन रहेकाले उनको प्रक्रिया अघि बढेको थिएन । उच्च अदालतबाट सफाइ पाएपछि २०२५ सम्मको पहिलाको भिसा भएकै कारण क्यानले टिकटसमेत व्यवस्था गरिसकेको थियो । जर्सी प्रिन्ट पनि भइसकेको थियो ।  

फिटनेस टेस्टसमेत दिएका सन्दीप खेल्नलाई योग्य भनेर जाने तयारी गर्दा अघिल्लो दिन मात्रै उनले एक वर्ष अघि भिसा रद्द भएको इमेल पाए । त्यसपछि प्रक्रिया पूरा गरेर अन्तर्वार्ता दिन गएका सन्दीपलाई अमेरिकी दूतावासले भिसा रिजेक्ट गरेको थियो । भिसा रिजेक्ट भएपछि अहिले क्यानका पदाधिकारीले सन्दीपलाई खेल्न पठाउने वा नपठाउने जिम्मा नेपाल सरकारको रहेको अभिव्यक्ति दिएका छन् । 

यदि सरकारले कूटनीतिक नोट बनाएर दूतावासमा पठाएमा सन्दीप खेल्न जान पाउनेछन् । तर, अहिलेसम्म कूटनीतिक नोट तयार भने भएको छैन । सामान्य पत्र तयार भए पनि उक्त पत्रका आधारमा भिसा दिन नसकिने दूतावासले संकेत गरेको छ ।

त्यसैले अहिले क्यानका पदाधिकारीले प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलाई भेट्ने प्रयास गरिरहेका छन् । युवा तथा खेलकुदमन्त्रीलाई भने यसअघि सन्दीसहितको टोलीले भेटेको थियो । त्यहाँबाट प्रक्रिया अघि बढाएर परराष्ट्रमा पत्र पुगेको बुझिएको छ । परराष्ट्रका अधिकारीले प्रक्रिया अघि बढाउनुभन्दा पहिला दूतावाससँग समन्वय हुनुपर्ने बताएका छन् ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डोल्पा कारागारबाट सुरुङ खनेर आठ कैदीबन्दी फरार नेपाली गेमिङ उद्योगलाई विश्व बजारमा पुर्‍याउने प्रधानमन्त्री बालेनको योजना रास्वपा सभापति रवि लामिछानेले बोलाए सचिवालय बैठक लगातार वर्षाले एनपीएल प्रभावित हुने सम्भावना विपद् जोखिम न्यूनीकरणमा सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण : आईजीपी कार्की अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, अपराह्नपछि मौसममा सुधार आउने सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते