2026-09-20 04:24 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइपिएलमा कोलकोतालाई २० करोड भारु पुरस्कार, कुन कुन खेलाडीले के-के अवार्ड पाए ?

जेठ १४, काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) ले नयाँ च्याम्पियन पाएको छ । गएराती सम्पन्न फाइनल खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ८ विकेटले पराजित गर्दै तेस्रो पटक उपाधि जितेको हो । 

कोलकोताले उपाधि जितेकोमा २० करोड भारु पुरस्कार पाएको छ । उपविजेता सनराइजर्सले १२ करोड ५० लाख भारु नगद पुरस्कार पाएको छ ।  त्यस्तै तेस्रो स्थानमा रहेको राजस्थान रोयल्सले ७ करोड र चौथो स्थानमा रहेको रोयल च्यालेन्जर्स बैंगलोरले ६ करोड ५० लाख भारु नगद पाएको छ ।

फाइनल खेलेका कोलकाता र हैदरावादका खेलाडीले व्यक्तिगत ९ मध्ये ६ अवार्ड जितेका छन् । सुनिल नारायणले सर्वाधिक २ अवार्ड पाए । त्यस्तै यस आइपिएलमा सर्बाधिक ७४१ रन बनाएका बैंगलुरुबाट खेलेका विराट कोहलीले ओरेन्ज क्याप जितेका छन् ।

त्यस्तै यस सिजनमा सर्बाधिक २४ विकेट लिएका पञ्जावबाट खेलेका हर्षल पटेलले पर्पल क्याप पाए । त्यस्तै प्रतियोगितामा ४८८ रन र २१ विकेट लिएका कोलकोताबाट खेलेका सुनिल नारन प्लेयर अफ द टुर्नामेन्ट बने । त्यस्तै यस सिजनको इमर्जिङ प्लेयर अफ द सिजनको उपाधि सनराइजर्सका नितिश रेड्डीले जितेका  छन् । उनले यस सिजनमा ३०३ रन बनाए भने ३ विकेट समेत लियका थिए ।

त्यस्तै यस सिजनमा सनराइजर्सका अभिषेक शर्माले सर्बाधिक ४२ छक्का प्रहार गरेका थिए भने सनराइजर्सकै ट्राभिस हेडले सर्बाधिक ६४ चौका प्रहार गरेका थिए ।

त्यसैगरी कोलकोताका रामनदीप सिंहले लखनउविरुद्ध लिएको क्याच प्रतियोगिताकै उत्कृष्ट क्याच बनेको थियो । उनले लखनउका ब्याट्सम्यान अर्शिन कुलकर्नीलाई सो क्याच लिएर आउट गरेका थिए ।

त्यसैगरी यस सिजनमा अल्टिमेट फेन्टासी प्लेयर सुनिल नारन बने भने उत्कृष्ट स्ट्राइकरेट दिल्लीबाट खेलेका ज्याक फ्रेजर म्यागर्कको रहेको थियो । उनले २३४.०४ को स्ट्राइकरेटले ९ खेलमा ३३० रन बनाएका थिए ।

सबै व्यक्तिगत अवार्ड विजेतालाई १०-१० लाख भारु नगद पुरस्कार दिइएको थियो ।

  

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो