2026-09-20 03:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

आइसीसीले भन्यो- न्यूयोर्कको स्टेडियमको पिच सुधारको काम हुदैछ

जेठ २५, काठमाडौँ । आइसीसीले जारी टी-२० विश्वकपका खेल भइरहेको अमेरिकाको न्यूयोर्कस्थित नासाउ काउन्टी इन्टरनेसनल स्टेडियमको पिच चाहे जस्तो नभएको स्वीकार गरेको छ ।

पिच बारे आलोचना भएपछि आइसीसीले स्पष्ट पार्दै न्यूयोर्कको यो पिच चाहेजस्तो नभएको उल्लेख गर्दै आउदा खेलमा यस पिचलाई उत्कृष्ट बनाउने बताएको छ । 

आइसीसीले भनेको छ- ‘भारत र आयरल्याण्डले आफ्नो समूह खेल अत्यन्तै कठिन विकेटमा खेलेको एक दिन पछि आइसीसीले भनेको छ- ‘नासाउ काउन्टी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा हालसम्म प्रयोग गरिएका पिचहरू हामीले सबैले चाहेजस्तो भएको छैन । विश्व-स्तरीय टिमले भारत- आयरल्याण्डको खेल समाप्त भएदेखि नै परिस्थितिलाई समाधान गर्न र बाँकी खेलहरूको लागि उत्कृष्ट सम्भव पिच बनाउन कडा मेहनत गरिरहेका छन् ।’ 

यसै पीचमा भारतले आयरल्याण्डलाई ९६ रनमा अलआउट गरेको थियो भने दक्षिण अफ्रिकाले श्रीलंकालाई ७७ रनमा अलआउट गरेको थियो । यी खेलका नतिजापछि क्रिकेट विज्ञहरुले यस मैदानका बीच टी-२० खेलका लागि उपयुक्त नभएको भन्दै आलोचना गरिरहेका छन् ।

यसै मैदानमा आगामी आइतबार भारत र पाकिस्तानबीचको खेलसहित समुह चरणका ६ खेल हुदै छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो