2026-07-27 04:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युरोकप: यी स्टार फुटबलरले गुमाउने भए युरोकप

जेठ २७, काठमाडौँ । यहि जुन १४ बाट युरोपको फुटबलको महाकुम्भ युरोकप शुरु हुदै छ । जर्मनीमा हुने यस युरोकपमा युरोपका २४ देशले भाग लिदै छन् । 

युरोकप आउन अब एक सातामात्र बाँकी रहदा धेरै उच्च प्रोफाइल फुटबलरले यस पटकको युरोकप गुमाउने भएका छन् । केहि खेलाडीहरू चोट र निलम्बनका कारण तथा केहि खेलाडीहरु राष्ट्रिय टिममा छनौट हुन नसकेका कारण युरोकपमा नदेखिने भएका हुन् । 

मिनी विश्वकप भनिने युरोकप गुमाउने सबै भन्दा ठुलो नाम बेल्जियमका चर्चित गोलकिपर थिबाउट कर्टिओस रहेका छन् । राष्ट्रिय टिमका प्रशिक्षकसँगको विवादका कारण उनी यस युरोकपमा देखिने छैनन् ।

त्यस्तै स्पेनका मिडफिल्डर गाभीले पनि इन्जुरिका कारण यस युरोकप गुमाउने भएका छन् । त्यस्तै युरोकपको आयोजक रहेको जर्मनीका स्रेगी ग्नाब्रीले पनि इन्जुरिका कारण यस युरोकपमा नखेल्ने भएका छन् । उनी राष्ट्रिय टिममा कहिले फर्किन्छन भन्ने पनि अनिश्चित रहेको रिपोर्टमा बताइएको छ ।

त्यस्तै म्यानचेस्टर सिटीबाट खेल्ने स्टार मिडफिल्डर ज्याक ग्रीलिश पनि यस युरोकपमा नदेखिने भएका छन् । उनी इङल्याण्डको टिममा पर्न असफल भएका छन् ।

त्यस्तै जर्मनीका स्टार डिफेन्डर माट्स हुमेल्सले पनि युरोकपमा नखेल्ने भएका छन् । प्रशिक्षक जुलियन नागेल्सम्यानले हुमेल्सको सट्टा एन्टोनियो रुडीगेर र जोनाथन टाहलाई प्राथमिकता दिएपछि हुमेल्सले युरोकप गुमाउने भएका छन् ।

यी बाहेक इङल्याण्डका रीच जेम्स, मार्कस राशफोर्ड, ह्यारी माग्युरे, रहिम स्टरलिङ, जोर्डन हेन्डरसन, इटालीका सान्द्रो टोनाली, नेदरल्याण्डसका जुरिएन टिम्बर, इटालीका डोमेनिको बेरार्डीले यस पटकको युरोकप गुमाउने भएका छन् ।

त्यस्तै फ्रान्सका मिडफिल्डर पाउल पोग्वाले लागूऔषध प्रकरणमा डोपिङमा परेर प्रतिबन्ध झेलेपछि युरोकप गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट