2026-06-27 12:38 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकप: बंगलादेशमाथि दक्षिण अफ्रिका ४ रनले विजयी

जेठ २९, काठमाडौँ । दक्षिण अफ्रिकाले बंगलादेशमाथि रोमाञ्चक जित हासिल गरेको छ ।

जारी टी-२० विश्वकपको समुह डी अन्तर्गतको गएराति सम्पन्न खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई ४ रनले पराजित गरेको हो । दक्षिण अफ्रीकाले दिएको ११४ रनको लस्क्ष्य पछाएको बंगलादेशले २० ओभरमा ७ विकेट गुमाउदै १०९ रन मात्र बनाएको थियो ।

बंगलादेशका लागि तोविद हृदोयले सर्बाधिक ३७ रन बनाएका थिए भने दक्षिण अफ्रिकाका बलर केसब महाराजले ३ तथा कागीसो राबाडा र एनरीच नोकियाले २-२ विकेट लिएका थिए ।

यस अघि पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाउदै ११३ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्बाधिक ४६ तथा डेविड मिलरले २९ रन बनाएका थिए ।

यो यस विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित हो । समुह डी मा ३ खेलमा ६ अंक हासिल गर्दै दक्षिण अफ्रिका शिर्ष स्थानमा रहेको छ र सुपर ८ मा पुग्ने लगभग निश्चित भएको छ । त्यस्तै बंगलादेशको भने २ खेलमा यो पहिलो हार हो । बंगलादेशले यसअघि श्रीलंकालाई पराजित गरेको थियो ।

अब बंगलादेशले अर्को खेल १३ जुनमा नेदरल्याण्डससँग खेल्ने छ भने दक्षिण अफ्रिकाले जुन १७ मा नेपालसँग खेल्ने तालिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट