2026-10-31 11:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्यान अध्यक्ष चन्द भन्छन्- सन्दीपलाई गोप्यरुपमा एक साता अगाडी नै क्यानडा पठाएका थियौं

जेठ २९, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले सन्दीप लामिछानेलाई वेस्ट इन्डिज पठाउनेक्रममा एक साता अगाडी नै क्यानडा पठाएको खुलासा गरेका छन् ।

नेपाल ट्युब अस्ट्रेलियाले युट्युबमा सार्बजनिक गरेको चन्दसँगको कुराकानीमा सन्दीपलाई अवरोध हुनसक्ने अनुमान गरेर गोप्यरुपमा क्यानडा पठाएको बताएका हुन् । अध्यक्ष चन्दले सन्दीपले क्यानडामा एक हप्ता अभ्यास समेत गरेको दाबि गर्दै उनलाई हाल क्यानडाका प्रशिक्षक रहेका पुबुदु दासनायकेले सहयोग गरेको बताएका छन् ।

चन्दले भनेका छन्, ‘टोटरन्टोमा हुँदा पनि उनी निरन्तर अभ्यासमा नै थिए । यसमा पूर्वप्रशिक्षकले भित्री रूपमा सहयोग गर्नुभयो । विभिन्न अवरोध र बाधा अड्चन हुन्थ्यो भनेर हामीले उनलाई गोप्य रूपमा पुर्‍याएका हौँ । यसमा हामी सफल भएका छौँ ।’

अध्यक्ष चन्दले नेपाललाई विश्वकपमा पुर्याउन सन्दीपको ठुलो योगदान रहेकाले उनले विश्वकप खेल्न हकदार रहेको बताए । त्यसैले नै अमेरिकाको भिसा नपाए पनि वेस्ट इन्डिजमा खेलाउन क्यानले प्रयास गरेको र यसमा क्यान सफल भएको बताएका छन् ।

नेपाल ट्युब अस्ट्रेलियाको लिंक- https://youtu.be/aEAytj2_vKI

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ