2026-09-20 01:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अस्ट्रेलियालाई हराएपछि कप्तान राशिद खानले के भने ?

असार ९, काठमाडौँ । जारी टी–२० विश्वकपको सुपर ८ अन्तर्गत अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि क्रिकेट जगत तरंगित बनेको छ ।

शानदार जित हासिल गरेपछि अफगानिस्तानका कप्तान राशिद खानले यो जित आफुहरुको लागि अहिलेसम्मको ठुलो जित भएको टिप्पणी गरेका छन् ।

उनले खेलपछि भने- ‘यो टोली र देशका रूपमा ठूलो जित हो । हामीले पछिल्लो दुई वर्षमा यस्तो जितलाई धेरै पटक गुमायौं । हामी २०२२ र २०२३ को विश्वकपमा केहि रनले जितबाट बन्चित भयौं ।’

कप्तान राशिदले यस खेलमा खेलाडीको खेलप्रति आफुलाई गर्व रहेको बताए ।

उनले भने, ‘हामीले उत्कृष्ट प्रदर्शन गरेका छौं । हामीले यस खेलका लागि १४०  रनको राम्रो स्कोर हो भन्ने सोचेका थियौं, तर हामीले चाहेको जस्तो इनिङ्स पूरा गर्न सकेनौं । यो यस्तो विकेट हो जहाँ तपाइँ कहिलेकाहीं संघर्ष गर्नुहुनेछ र हामीले अन्त्यमा संघर्ष गर्‍यौं ।’

उनले यस खेलमा सबैभन्दा महत्त्वपूर्ण ओपनरहरूले राम्रो सुरुवात दिएको बताए । अस्ट्रेलिया विरुद्ध अफगानिस्तानका ओपनर रह्मतुल्लाह गुरबाज र इब्राहिम जद्रानले ११८ रनको साझेदारी गरेका थिए ।  उनले आफुहरु यस खेलमा १३० भन्दा माथिको जुनसुकै स्कोरलाई सजिलै रक्षा गर्न सक्षम हुनेमा विश्वस्त रहेको बताए । उनले भने, ‘हाम्रो लागि यो सुरुवात मात्र हो, अगाडि ठूलो खेल छ । र हामी सेमिफाइनल पुग्ने पूरा आशा राख्छौं ।’

विश्वकपको सुपर आठमा अब अफगानिस्तानले मंगलबार बिहान बंगलादेशको सामना गर्दै छ । सो खेलमा जित हासिल गरेमा अफगानिस्तान सेमिफाइनलमा पुग्ने सम्भावना बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो