2026-10-31 10:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

अस्ट्रेलियालाई हराएपछि कप्तान राशिद खानले के भने ?

असार ९, काठमाडौँ । जारी टी–२० विश्वकपको सुपर ८ अन्तर्गत अफगानिस्तानले अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि क्रिकेट जगत तरंगित बनेको छ ।

शानदार जित हासिल गरेपछि अफगानिस्तानका कप्तान राशिद खानले यो जित आफुहरुको लागि अहिलेसम्मको ठुलो जित भएको टिप्पणी गरेका छन् ।

उनले खेलपछि भने- ‘यो टोली र देशका रूपमा ठूलो जित हो । हामीले पछिल्लो दुई वर्षमा यस्तो जितलाई धेरै पटक गुमायौं । हामी २०२२ र २०२३ को विश्वकपमा केहि रनले जितबाट बन्चित भयौं ।’

कप्तान राशिदले यस खेलमा खेलाडीको खेलप्रति आफुलाई गर्व रहेको बताए ।

उनले भने, ‘हामीले उत्कृष्ट प्रदर्शन गरेका छौं । हामीले यस खेलका लागि १४०  रनको राम्रो स्कोर हो भन्ने सोचेका थियौं, तर हामीले चाहेको जस्तो इनिङ्स पूरा गर्न सकेनौं । यो यस्तो विकेट हो जहाँ तपाइँ कहिलेकाहीं संघर्ष गर्नुहुनेछ र हामीले अन्त्यमा संघर्ष गर्‍यौं ।’

उनले यस खेलमा सबैभन्दा महत्त्वपूर्ण ओपनरहरूले राम्रो सुरुवात दिएको बताए । अस्ट्रेलिया विरुद्ध अफगानिस्तानका ओपनर रह्मतुल्लाह गुरबाज र इब्राहिम जद्रानले ११८ रनको साझेदारी गरेका थिए ।  उनले आफुहरु यस खेलमा १३० भन्दा माथिको जुनसुकै स्कोरलाई सजिलै रक्षा गर्न सक्षम हुनेमा विश्वस्त रहेको बताए । उनले भने, ‘हाम्रो लागि यो सुरुवात मात्र हो, अगाडि ठूलो खेल छ । र हामी सेमिफाइनल पुग्ने पूरा आशा राख्छौं ।’

विश्वकपको सुपर आठमा अब अफगानिस्तानले मंगलबार बिहान बंगलादेशको सामना गर्दै छ । सो खेलमा जित हासिल गरेमा अफगानिस्तान सेमिफाइनलमा पुग्ने सम्भावना बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ