2026-08-21 11:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

जितसँगै इङल्याण्ड टी- २० विश्वकपको सेमिफाइनलमा

असार १०, काठमाडौँ । इङल्याण्ड जारी टी- २० विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

सुपर आठको अन्तिम खेलमा अमेरिकामाथि १० विकेटको फराकिलो जित हासिल गर्दै इङल्याण्डले समुह २ बाट सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।

अमेरिकाले दिएको ११६ रनको लक्ष्य पछाएको इङल्याण्डले ९.४ ओभरमा कुनै विकेट नगुमाएर लक्ष्य पुरा गरेको थियो ।

इङल्याण्डका लागि कप्तान जोस बटलरले आक्रामक ब्याटिंग गर्दै ३८ बलमा ८३ रन बनाएका थिए । त्यस्तै फिल साल्टले २५ रन बनाएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले १८.५ ओभरमा अल आउट हुदै ११५ रन मात्र बनाएको थियो । अमेरिकालाई अल आउट गर्ने क्रममा इङल्याण्डका बलर क्रिस जोर्डनले १९औ ओभरमा ह्याट्रिकसहित चार विकेट लिएका थिए ।

यो जितपछि इङल्याण्डको सुपर आठको समुह २ मा ३ खेलमा ४ अंक भएको छ र शिर्ष स्थानमा उक्लिदै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको छ । त्यस्तै हारपछि अमेरिका भने सुपर आठका तिनै खेलमा हार बेहोरेर बाहिरिएको छ । त्यस्तै यस समुहबाट अब सोमबार बिहान हुने वेस्ट इन्डिज र दक्षिण अफ्रिकाबीचको खेलको विजेता सेमिफाइनलमा पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक