2026-09-20 01:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

युरोकप: समुह बी बाट स्पेन र इटाली नकआउट चरणमा

असार ११, काठमाडौँ । इटाली जारी युरोकपको नक आउट चरणमा पुगेको छ । गएराती सम्पन्न समुह बी अन्तर्गतको खेलमा क्रोसियासँग १-१ गोलको बराबरी खेल्दै इटाली प्रतियोगिताको नक आउट चरणमा पुगेको हो ।

इटालीका लागि ९० मिनेटपछिको इन्जुरीसमयमा माटिया जाकाग्नीले गोल गर्दै बराबरी गोल गरेका थिए । यस अघि खेलको ५५औं मिनेटमा लुका मोड्रीचले गोल अग्र्दै क्रोसियालाई शुरुवाती अग्रता दिलाएका थिए ।

गएराती नै समपन्न समुह बी को अर्को खेलमा स्पेनले अल्बानियालाई १-० गोल अन्तरले पराजित गरेको छ । स्पेनले खेलको १३औं मिनेटमा फारान टोरेजको गोलमा जित हासिल गरेको हो ।

यो जितपछि समुह बी मा तिनै खेल जितेर ९ अंक सहित स्पेन शिर्ष स्थानमा रहेको छ र नक आउट चरणमा पुगेको छ भने इटालीले ३ खेलमा ४ अंकसहित समुहमा दोस्रो हुदै नक आउट चरणमा पुगेको छ । त्यस्तै क्रोसियाको ३ खेलमा २ अंक रहेको छ र  नक आउटमा पुग्ने सम्भावना कायम रहेको छ । अब समुह चरणका खेलपछि ६ वटै समुहका तेस्रो स्थानमा रहेका देश मध्ये शिर्ष चारमा रहन सकेमा क्रोसिया नकआउट चरणमा पुग्ने छ । अहिले भने क्रोसिया पाँचौं स्थानमा रहेको छ ।

त्यस्तै समुह बी बाट अल्बानिया भने ३ खेलमा एक अंक हासिल गर्दै प्रस्तियोगिताबाट बाहिरिएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो