2026-09-20 01:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

बंगलादेशलाई हराउँदै अफगानिस्तान सेमिफाइनलमा प्रवेश, अष्ट्रेलिया पनि बाहिरियो

असार ११, काठमाडौँ । बंगलादेशलाई हराउँदै अफगानिस्तान टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुपर ८ को अन्तिम खेलमा बंगलादेशलाई डीएलएस मेथडमा ८ रनले हराउँदै अफगानिस्तान आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो।

अफगानिस्तानको जितसँगै अस्ट्रेलिया विश्वकपको सुपर ८ बाटै बाहिरिएको छ। अस्ट्रेलिया २ अंकमा तालिकाको तेस्रो स्थानमा छ। सुपर ८ मा बंगलादेश भने जितविहीन रह्यो। 

अफगानिस्तानले दिएको १ सय १६ रनको लक्ष्य पछ्याएको बंगालदेशले १७.५ ओभरमा १ सय ५ रन बनाउँदा अलआउट भयो। वर्षाका कारण बीचमै खेल रोकिएपछि १ ओभर घटाइएको थियो। बंगलादेशका ओपनर लिटोन दास ५४ रनमा नटआउट रहे। उनले ४९ बलमा ५ चौका र १ छक्का हाने। तोहिड ह्दोयले १४ र सौम्य सरकारले १० रन थपे। अन्य ब्याटरले दोहोरो अंकको स्कोर छुन सकेनन्।

अफगानिस्तानका रासिद खान र नविन उल हकले समान ४ विकेट लिए। फजहक फारुकी र गुलाबीदिन नैवले समान १ विकेट लिए। 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय १५ रनको योगफल तयार पारेको थियो। 

ओपनर रहमुल्लाह गुरवाजले बनाएको ४३ रन नै अफगानिस्तानका लागि सर्वाधिक रह्यो। उनले ५५ बलमा ३ चौका र १ छक्का हाने। 

अर्का ओपनर इब्राहिम जड्रानले २९ बलमा १ चौका सहयोगमा १८ रन बनाए। कप्तान रासिद खान १९ र करिम जनत ७ रनमा नटआउट रहे। अज्मतुल्लाह ओमरजाइले १० रन थपे। 

बंगलादेशका लागि रिसद होसैनले ३ विकेट लिए। मुस्तफिजुर रहमान र ताक्सिन अहमदले समान १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो