2026-09-20 01:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

ईंग्ल्यान्ड र भारतको सेमिफाइनलमा वर्षाको उच्च सम्भावना, खेल रद्द भए भारत सीधै फाइनलमा

असार १३, काठमाडौँ ।  आइसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो सेमिफाइनल खेल आज राति हुँदै छ । नेपाली समय अनुसार राति सवा ८ बजे  (स्थानीय समयअनुसार बिहान १०:३० बजे) सुरु हुने खेलमा भारत र इंग्ल्याण्ड आमने सामने हुने छन्। तर, आजको खेल वर्षाले बिथोल्न सक्ने खतरा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले औंल्याएका छन् ।

वेस्ट इन्डिजको गुयनास्थित प्रोभिडेन्स रंगशालामा खेल हुन लागेको हो । यस क्षेत्रमा दुई दिनदेखि लगातार वर्षात् भइरहेको छ । २७ तारिख बिहान गुयनामा अलिकति आकाश खुल्ने तर वर्षात् पनि हुने भविष्यवाणी गरिएको छ । दिउँसो हावाहुरीसहित अझै सघन वर्षात हुनेछ । भविष्यवाणी अनुसार वर्षातको सम्भावना ९० प्रतिशत छ । ६१ प्रतिशत आकाश बादलले ढाकिनेछ भने भिजिविलिटी ६ किलोमिटर मात्र हुनेछ । 

यसअघि सुपर ८ मा दुवै टीमबीच कम्तीमा ५-५ ओभरको खेल सम्भव भएमा नतिजा आउन सक्थ्यो । तर, सेमिफाइनलमा नतिजा आउन दुवै टीमले कम्तीमा १०-१० ओभर खेल्नुपर्छ । स्थानीय समयअनुसार बिहान १०:३० मा खेल सुरू हुन्छ । यदि वर्षातले निर्धारित समयमा खेल सुरू हुन सकेन भने २५० मिनेटसम्म तन्काउन सकिने गरी व्यवस्था मिलाइएको छ । अर्थात् यदि २.४० बजेसम्ममा खेल सुरू हुन सक्यो भने ओभर घटाउनु पर्दैन । त्योभन्दा पनि ढिलाइ भएको खण्डमा चाहीँ ओभर घटाउनुपर्छ ।

यदि वर्षाका कारणले १०-१० ओभरको खेल पनि हुन सकेन भने भारत सीधै फाइनलमा पुग्नेछ । खेल रद्द भएको खण्डमा सुपर ८ मा आफ्नो समूहमा पहिलो हुने टीम फाइनलमा पुग्ने प्रावधान पहिल्यै तय गरिएको थियो । त्यसैले यदि वर्षातले खेल विथोलिएको खण्डमा भारतलाई फाइदा छ । यदि खेल बराबरीमा टुंगियो र सुपर ओभरबाट पनि नतिजा आएन भने पनि भारत नै फाइनलमा जान्छ ।

रोचक के छ भने भारत र ईंग्ल्यान्डको सेमिफाइनलमा रिजर्भ डे नै राखिएको छैन । जबकि साउथ अफ्रिका र अफगानिस्तानबीचको पहिलो सेमिफाइनलका लागि रिजर्भ डे थियो, जबकि उक्त सेमिफाइनलमा बर्षातको भविष्यवाणी नै थिएन । वर्षातको सम्भावना नभएको खेलमा रिजर्भ डे राखिने तर उच्च सम्भावना भएको खेलमा नराखिनुलाई लिएर धेरैले आश्चर्य व्यक्त गरेका छन् । आईसीसीले भने फाइनल खेलका लागि एक दिन मात्रै ग्याप भएकाले रिजर्भ डे नराखिएको दाबी गरेको छ ।

यसैबीच गुयनामा निरन्तर पानी परिरहँदा मैदान र पिचलाई जोगाउन पर्याप्त ध्यान नपुर्याइएको आरोप पनि लागेको छ । ईंग्ल्यान्डका पूर्वक्रिकेटर माइकल भोनले मैदान पुरै कभर नगरिएकोमा असन्तुष्टि व्यक्त गरेका छन् । निरन्तर पानी परिरहेको अवस्थामा मैदानलाई आंशिक मात्र छोपिएको भन्दै उनले ट्विट गरेका हुन् । केही क्रिकेट विश्लेषकले सकेसम्म खेल रद्द होस भन्ने भारतको चाहनाका कारण मैदान राम्ररी कभर नगरिएको आरोपसमेत लगाएका छन् ।

टी–२० विश्वकपको इतिहासमा इङ्ल्यान्डले भारतसँग चार पटक सामना गरेको छ । दुवै टोलीले दुई–दुई खेल जितेका छन् । पहिलो सेमिफाइनलमा एकतर्फी जित निकाल्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरिसकेको छ । आज राति हुने दोस्रो खेलको विजेताले उपाधिका लागि दक्षिण अफ्रिकासँग खेल्ने छ ।  

सम्भावित प्लेइङ इलेभेन

भारतः रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त (विकेटकिपर), सूर्यकुमार यादव, शिवम दुबे, हार्दिक पाण्ड्या, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, जसप्रित बुमराह र अर्शदीप सिंह ।

इंग्ल्याण्ड : फिल साल्ट, जोस बटलर (कप्तान र विकेटकिपर), जोनी बेयरस्टो, ह्यारी ब्रुक, मोइन अली, लियाम लिभिङस्टोन, साम कुरान, क्रिस जोर्डन, जोफ्रा आर्चर, आदिल राशिद, रीस टोपले ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो