2026-10-31 09:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकपको फाइनलमा पानी परे कुन देशले जित्छ उपाधि ?

असार १४, काठमाडौँ । सन् २०२४ को टी–२० विश्वकपको फाइनलको सम्पूर्ण तयारी पूरा भएको छ ।

 भारत र दक्षिण अफ्रिकाबीचको ब्लकबस्टर उपाधि भिडन्त वेस्ट इन्डिजको केन्सिङ्टन ओभलमा नेपाली समयअनुसार शनिबार बेलुका ८:१५ बजे सुरु हुनेछ ।

मैदानमा दुई अजेय टोलीहरू बीचको भिडन्त देखिनेछ तर, यो खेल अघि विभिन्न चासोहरू फ्यानहरूको मनमा उठेको छ ।

उदाहरणका लागि पिच कस्तो छ ? दुवै टोलीको प्लेइङ इलेभेन कस्तो हुनेछ ? सबैभन्दा ठूलो प्रश्न मौसमको प्रकृति कस्तो हुनेछ ?

बिहीबार राति भएको भारत र इंग्ल्याण्डबीचको सेमिफाइनल खेलमा वर्षाले दु:ख दिएको थियो । एक समय खराब मौसम र भिजेको आउटफिल्डका कारण खेल रद्द हुन सक्छ भन्ने लाग्थ्यो, तर भाग्यवस फ्यानहरूले पूरै २०/२० ओभरको खेल हेर्न पाएका थिए ।

बार्बाडोसमा हुने फाइनलमा मौसमको पूर्वानुमान के छ ?

अबको केही दिन देशभर वर्षाको सम्भावना रहेको छ । तालिकाअनुसार शनिबार फाइनल खेल र आइतबार (रिजर्व डे)मा पनि भारी वर्षाको सम्भावना रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ब्रिजटाउन, बार्बाडोसको लागि पछिल्लो मौसम पूर्वानुमानले त्यहाँ आँधीबेरीका साथ वर्षाको सम्भावना रहेको छ । साथै, दिनभर आकाशमा बादल लाग्ने अनुमान गरिएको छ । शनिबार पानी पर्ने सम्भावना ७८ प्रतिशत छ ।

दिनभर पानी पर्यो भने के हुन्छ ?

दोस्रो सेमिफाइनलमा रिजर्भ डे नभए पनि आईसीसीले फाइनलका लागि त्यस्तो गरेको छैन । उपाधि खेलका लागि रिजर्भ डे घोषणा गरिएको छ ।

वर्षा, खराब मौसम, आउटफिल्ड भिज्ने वा अन्य कुनै कारणले शनिबार (जुन २९)मा खेल सम्पन्न हुन सकेन भने भोलिपल्ट अर्थात् जुन ३० गते सम्पन्न हुनेछ ।

रिजर्भ डेमा पनि पानी परे वा नतिजा घोषणा नभए दुवै टोली संयुक्त विजेता घोषित हुनेछन् ।

अर्को विश्वकप भारत-श्रीलंकामा हुने

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले भर्खरै भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना हुने टी-२० विश्वकप २०२६ को लागि योग्यता प्रक्रियालाई पनि स्वीकृत गरेको छ।

सन् २०२४ जस्तै टी-२० विश्वकप २०२६ मा २० टोली सहभागी हुनेछन्, जसका लागि अहिले नै १२ टोली छनोट भएका छन् । सूचीमा सुपर-८ मा पुग्न असफल भएका पाकिस्तान, श्रीलंका र न्युजिल्यान्डको नाम पनि छ । आईसीसीको वरियतालाई आधार मानेर यी तीन टोली सिधै छनोट भएका हुन् ।

अर्कोतर्फ भारत र श्रीलंका सहआयोजक भएकाले स्वतः छनोट भएका छन् ।

यसपछि बाँकी आठ स्थानको टुंगो आईसीसी क्षेत्रीय छनोटबाट हुनेछ ।

छनोट हुने देशहरु-

आयोजक 

भारत

श्रीलंका

सुपर–८ मा पुगेका

अस्ट्रेलिया

अफगानिस्तान

बंगलादेश

इंग्ल्याण्ड

दक्षिण अफ्रिका

संयुक्त राज्य अमेरिका

वेस्ट इन्डिज

वरीयताका आधारमा 

आयरल्याण्ड

न्युजिल्याण्ड

पाकिस्तान

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सार्वजनिक खरिदमा लापरबाही गर्ने १२० फर्म तथा कम्पनी कालोसूचीमा कान्ति राजमार्गमा दुई दिन राति सवारी आवागमन बन्द चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ