2026-09-20 01:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकपको फाइनलमा पानी परे कुन देशले जित्छ उपाधि ?

असार १४, काठमाडौँ । सन् २०२४ को टी–२० विश्वकपको फाइनलको सम्पूर्ण तयारी पूरा भएको छ ।

 भारत र दक्षिण अफ्रिकाबीचको ब्लकबस्टर उपाधि भिडन्त वेस्ट इन्डिजको केन्सिङ्टन ओभलमा नेपाली समयअनुसार शनिबार बेलुका ८:१५ बजे सुरु हुनेछ ।

मैदानमा दुई अजेय टोलीहरू बीचको भिडन्त देखिनेछ तर, यो खेल अघि विभिन्न चासोहरू फ्यानहरूको मनमा उठेको छ ।

उदाहरणका लागि पिच कस्तो छ ? दुवै टोलीको प्लेइङ इलेभेन कस्तो हुनेछ ? सबैभन्दा ठूलो प्रश्न मौसमको प्रकृति कस्तो हुनेछ ?

बिहीबार राति भएको भारत र इंग्ल्याण्डबीचको सेमिफाइनल खेलमा वर्षाले दु:ख दिएको थियो । एक समय खराब मौसम र भिजेको आउटफिल्डका कारण खेल रद्द हुन सक्छ भन्ने लाग्थ्यो, तर भाग्यवस फ्यानहरूले पूरै २०/२० ओभरको खेल हेर्न पाएका थिए ।

बार्बाडोसमा हुने फाइनलमा मौसमको पूर्वानुमान के छ ?

अबको केही दिन देशभर वर्षाको सम्भावना रहेको छ । तालिकाअनुसार शनिबार फाइनल खेल र आइतबार (रिजर्व डे)मा पनि भारी वर्षाको सम्भावना रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ब्रिजटाउन, बार्बाडोसको लागि पछिल्लो मौसम पूर्वानुमानले त्यहाँ आँधीबेरीका साथ वर्षाको सम्भावना रहेको छ । साथै, दिनभर आकाशमा बादल लाग्ने अनुमान गरिएको छ । शनिबार पानी पर्ने सम्भावना ७८ प्रतिशत छ ।

दिनभर पानी पर्यो भने के हुन्छ ?

दोस्रो सेमिफाइनलमा रिजर्भ डे नभए पनि आईसीसीले फाइनलका लागि त्यस्तो गरेको छैन । उपाधि खेलका लागि रिजर्भ डे घोषणा गरिएको छ ।

वर्षा, खराब मौसम, आउटफिल्ड भिज्ने वा अन्य कुनै कारणले शनिबार (जुन २९)मा खेल सम्पन्न हुन सकेन भने भोलिपल्ट अर्थात् जुन ३० गते सम्पन्न हुनेछ ।

रिजर्भ डेमा पनि पानी परे वा नतिजा घोषणा नभए दुवै टोली संयुक्त विजेता घोषित हुनेछन् ।

अर्को विश्वकप भारत-श्रीलंकामा हुने

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले भर्खरै भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना हुने टी-२० विश्वकप २०२६ को लागि योग्यता प्रक्रियालाई पनि स्वीकृत गरेको छ।

सन् २०२४ जस्तै टी-२० विश्वकप २०२६ मा २० टोली सहभागी हुनेछन्, जसका लागि अहिले नै १२ टोली छनोट भएका छन् । सूचीमा सुपर-८ मा पुग्न असफल भएका पाकिस्तान, श्रीलंका र न्युजिल्यान्डको नाम पनि छ । आईसीसीको वरियतालाई आधार मानेर यी तीन टोली सिधै छनोट भएका हुन् ।

अर्कोतर्फ भारत र श्रीलंका सहआयोजक भएकाले स्वतः छनोट भएका छन् ।

यसपछि बाँकी आठ स्थानको टुंगो आईसीसी क्षेत्रीय छनोटबाट हुनेछ ।

छनोट हुने देशहरु-

आयोजक 

भारत

श्रीलंका

सुपर–८ मा पुगेका

अस्ट्रेलिया

अफगानिस्तान

बंगलादेश

इंग्ल्याण्ड

दक्षिण अफ्रिका

संयुक्त राज्य अमेरिका

वेस्ट इन्डिज

वरीयताका आधारमा 

आयरल्याण्ड

न्युजिल्याण्ड

पाकिस्तान

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो