2026-09-20 12:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

टी-२० विश्वकप: सूर्यकुमारले लिएको ‘क्याच’ विवादमा, भारतलाई विश्वकप जिताइएको आरोप

असार १६, काठमाडौँ । टी-२० विश्वकप फाइनलमा भारतका सूर्यकुमार यादवले लिएको एउटा महत्वपूर्ण ‘क्याच’ सामाजिक सञ्जालमा विवादित बनेको छ । अन्तिम ओभरको पहिलो बलमा लिइएको यही क्याचले खेलमा भारतको जित निश्चित गरेको थियो । आलोचकहरुले विश्वकप भारतले जितेको नभएर भारतलाई जिताइएको समेत आरोप लगाएका छन् ।

दक्षिण अफ्रिकालाई अन्तिम ओभरमा १६ रन चाहिएको थियो र स्ट्राइकमा थिए हार्डहिटर डेविड मिलर । ६ विकेट गुमाइसकेको दक्षिण अफ्रिकाको सम्पूर्ण आशा मिलरमाथि नै केन्द्रित थियो । नभन्दै उनले पहिलो बलमै हार्दिक पाण्ड्याविरुद्ध ठूलो सट हाने । बल छक्काको लागि उडिरहेको जस्तो देखियो । तर, बाउन्ड्री लाइनमा सूर्यकुमारले हस्तक्षेप गर्दै सनसनीपूर्ण क्याच लिए । उनले लिएको क्याच क्लियर भने थिएन ।

तीव्र वेगमा उडेर आएको बललाई सूर्यकुमारले दौडिँदै आएर बाउन्ड्री लाइनमा मुस्किलले समाते तर नियन्त्रणमा रहन सकेनन् । उनी बललाई भित्र फ्याकेर आफू बाउन्ड्रीबाहिर गए र फेरि भित्र आएर उक्त बललाई खस्नु अगावै समाते । त्यसपछि क्याच लिएको भन्दै सेलिब्रेसन गर्न थाले । मिलर स्तब्ध देखिए ।

सूर्यकुमारले लिएको क्याच फेयर हो वा होइन भनेर निर्णय लिन अन फिल्ड अम्पायरले थर्ड अम्पायरलाई रिफर गरे । थर्ड अम्पायरले क्याच सही भएको ठहर गर्दै मिलरलाई आउट दिए ।

यो क्याच विवादित हुनुका दुई कारण बताइएको छ  । पहिलो, थर्ड अम्पायरले क्यामराको अर्को एंगलबाट नहेरिकन हतारमा निर्णय लिनु । सुरुमा बल समाउँदा नै सूर्यकुमारको जुत्ताले बाउन्ड्री कुसनलाई छोएको हुनसक्ने आशंका कतिपयले गरेका छन् । यसलाई विपरीत एंगलको क्यामराबाट हेरेको भए प्रष्ट देख्न सकिन्थ्यो । तर, एक साइडबाट हेरेकै भरमा अम्पायरले निर्णय लिए ।

दोस्रो, सूर्यकुमारले बाउन्ड्रीभन्दा बाहिरबाट भित्र पसेर क्याच लिँदा बाउन्ड्री कुसन दुई–इन्च पर धकेलिएको देखिएको छ ।

आईसीसीको नियमले बाउन्ड्री लाइन भनेर डोरीलाई होइन कि कुसनलाई मान्छ । डोरीभन्दा केही इन्चमा कुसनले घेरिएको हुन्छ । यो कुसन सर्नु हुँदैन भन्ने आईसीसीको नियम छ । यदि सरेको पाइएमा पूर्ववत स्थानमा रहेको मानेर निर्णय लिनुपर्छ ।

आईसीसी प्लेइङ कन्डिसनको सेक्सन १९.३ मा भनिएको छ, ‘यदि बाउन्ड्रीको संकेत गर्न राखिएको ठोस बस्तु कुनै पनि कारणले सरेको पाइएमा बाउन्ड्री पहिलेकै स्थानमा थियो भन्ने सम्झिनुपर्छ ।’

यसको आशय हो, यदि कुसन पर सरेको छ भने त्यसलाई बाउन्ड्री मानिँदैन । त्यो पहिले जुन स्थानमा रहनुपथ्र्यो त्यसैलाई बाउन्ड्री मानिन्छ । सूर्यकुमारले क्याच लिँदा बाउन्ड्री रोप र बाउन्ड्री कुसनबीच ग्याप देखिएको छ । उनको बायाँ खुट्टा कुसन र रोपको बीचमा छ । यदि बाउन्ड्री कुसन सरेको थिएन भने सूर्यकुमारको खुट्टाले त्यसलाई छुने थियो । यो कतिबेला सर्यो भन्ने चाहीँ स्पष्ट छैन । सायद यो क्याच लिइनुभन्दा पहिल्यै सरेको थियो ।

यदि यो क्याचलाई थर्ड अम्पायरले मान्यता दिएको भए छक्का हुने थियो । पहिलो बलमा छक्का लागेको भए बाँकी ५ बलमा १० रन चाहिन्थ्यो । मिलरले टीमलाई जिताउन सक्थे । साउथ अफ्रिकाले इतिहास रच्ने थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो