2026-08-21 07:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

क्यानको बैठकमा उठ्यो कप्तान रोहित र प्रशिक्षक मोन्टी देशाईमाथि प्रश्न

असार २३,  काठमाडौँ । नेपाली क्रिकेट टिमले आइसीसी टी-२० विश्वकप क्रिकेट खेलेर फर्किएपछि नेपाल क्रिकेट संघ क्यानको बिहीबार केन्द्रीय कार्यसमितिको बैठक बसेको थियो। 

आइसीसी टी–२० विश्वकप खेल्नका लागि अमेरिका र वेस्टइन्डिजमा भएका बेला क्यानको विवादहरू पनि सार्वजनिक भए। ती विवादहरुको बारेमा क्यानको बोर्ड बैठकमा छलफल भएको छ। छलफलपछि पदाधिकारी, केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षसम्मलाई स्पष्टीकरण सोध्नेसम्मको निर्णय भएको क्यानका सचिव पारस खड्काले सार्वजनिक गरेको विज्ञप्तिमा जनाइएको छ।

क्यानले बोर्ड बैठकका लागि पहिला नै डेढ दर्जन जति एजेन्डाहरू तय गरेको थियो। तर, अप्सरी बेगमको निलम्बन र आदिल अन्सारीको निलम्बन फुकुवा प्रक्रियाको एजेन्डा भने पछि थपिएका थिए।

बोर्ड बैठकका लागि क्यानले आइसीसी टी–२० विश्वकप क्रिकेटको समीक्षा र सोही विश्वकपको तयारी खर्च अनुमोदनको एजेन्डालाई पहिलो र दोस्रो स्थानमा राखेको थियो। तर, उक्त एजेन्डामा छलफल पछि के निर्णय भयो भनेर क्यानले सार्वजनिक गरेको छैन।

पक्कै पनि आइसीसी विश्वकप क्रिकेटको समूह चरणबाटै नेपाल बाहिरिएपछि अहिले पनि कतिले प्रशिक्षकको विषय उठाएका छन् भने कतिले टिम स्क्वाड र कप्तानकै विषयमा पनि टिप्पणीहरू गरिरहेका छन्। तर, क्यानको बोर्ड बैठकले भने यस विषयमा केही पनि निर्णय गरेको छैन। 

क्यान स्रोतका अनुसार नेपाली टिमलाई अब रणनीतिकरुपमा अघि बढाउन ढिला गर्न नहुने भन्दै अधिकांश धारणा राख्नेहरूले सुझाव दिएका छन्। रणनीतिक भनेको प्रशिक्षक र टिममा रहेका खेलाडीहरूकै विषयमा समीक्षा गर्नु पर्नेमा उनीहरुको जोड छ। 

वर्तमान प्रशिक्षक मोन्टी देशाईको कार्यकाल २०२५ को फेब्रुअरीसम्म रहेको छ। उनको विकल्प खोज्नु पर्नेसम्मका आवाजहरू उठे पनि क्यानले भने यस विषयमा कुनै निर्णय गरेको छैन।  

त्यस्तै, कप्तान रोहित पौडेलको नेतृत्वको विषयमा पनि केही कुराहरू आएको पनि स्रोतले जनाएको छ। 

अब फेरि आइसीसी एक दिवसीय विश्वकप लिग टू को सिरिजहरूको तयारी गर्नुपर्ने भएकाले क्यानले प्रशिक्षक र खेलाडीहरूका विषयमा केही पनि धारणा बाहिर नलाएको बुझिएको छ।

विश्वकपको तयारी खर्च अनुमोदन पनि भएको छैन।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से शंखमुलको होस्टलमा कुटपिटपछि २२ वर्षीय युवकको मृत्यु गरिमालाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन प्रधानमन्त्री शाह काठमाडौँबाट पोखरातर्फ प्रस्थान राजनीतिक मुद्दाको समाधान केवल राजनीतिक संवादबाट मात्र सम्भव छ: प्रदीप पौडेल जाजरकोटमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते सुनको मूल्य एकैदिन तोलामा ३ हजार ३०० रुपैयाँले बढ्यो नेपालले अब कुनै नयाँ राजनीतिक एड्भेन्चर थेग्न सक्दैन: गगन थापा कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै, महाधिवेशन र अनुशासनबारे छलफल हुने भ्रष्टाचार गर्ने व्यक्ति डराउनुपर्छ, इमानदार कर्मचारी डराएर निर्णय गर्न नसक्ने अवस्था सिर्जना हुनुहुँदैन : कानुनमन्त्री गौतम पार्टी एकता मजबुत बनाउन सक्रिय भएर लाग्न विश्वप्रकाश शर्माको आग्रह अख्तियारले न्याय दिएका भन्दा अन्यायमा परेकाहरू धेरै छन् : रवि लामिछाने राष्ट्रवादी विचारमाथि अविश्वास सिर्जना गर्ने नियोजित काम भइरहेको छ : धवलशमशेर राणा रास्वपा विधान संशोधन कार्यदलको पहिलो बैठक आज बस्दै अबदेखि भद्र, झट्ट नरिसाउने, मर्यादामा बस्ने र अनुशासन पालन गर्ने आशिका बन्ने कोसिस गर्नेछु: आशिका तामाङ सुनचाँदीको मूल्य बढ्यो सिमरामा ३ वर्षीया बालिका हत्या घटना : पक्राउ परेका दुई जना सार्वजनिक