2026-09-20 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

नेपाल श्रीलंकन टोलीसँग ३३ रनले पराजित

असार २५, काठमाडौँ । नेपाल श्रीलंका विकास बोर्डको महिला टोलीविरुद्धसँगको पहिलो टी–२० खेलमा पराजित भएको छ । सरी भिलेजमा मंगलबार भएको खेलमा नेपाल ३३ रनले हारेको हो ।

श्रीलंकन टोलीले दिएको ११९ रनको लक्ष्यमा जवाफी ब्याटिङ गरेको नेपाल १५ ओभरमा ९ विकेटको क्षतिमा ६३ रन मात्र बनायो । नेपालका लागि रुविना क्षेत्रीले १७ रन र सीता रानामगरले ११ रन बनाए ।

श्रीलंकाका लागि देव्मी भिहंगाले ३ तथा सेहनीले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको श्रीलंकन टोलीले पूरै ओभर खेलेर ८ विकेटको क्षतिमा ११८ रन बनाएको थियो । टोलीका लागि दुलानी र नुथयान्गनाले २७–२७ रन बनाए ।

नेपालका लागि भने सबनम राईले ३ र राजमती ऐरीले १ विकेट लिए ।

जुलाई १९ देखि श्रीलंकामा आयोजना हुने एसिया कपअगाडि नेपालले श्रीलंकन टोलीविरुद्ध ३ अभ्यास खेल खेल्दैछ । अब दोस्रो खेल बुधबार र तेस्रो खेल जुलाईं १६ मा हुनेछ ।

एसिया कपमा नेपालले आफ्नो पहिलो खेल यूएईसँग खेल्ने छ । नेपालको समूहमा भारत, पाकिस्तान र यूएई छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो