2026-09-20 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

गौतम गम्भीर बने भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षक

असार २६, काठमाडौँ । पूर्व क्रिकेटर गौतम गम्भीर भारतीय राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका छन् ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्डका सचिव जय शाहले गम्भीर भारतीय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त गरेको जानकारी दिएका छन् ।

भारतले २०११ को विश्वकप जित्दा टिमका महत्वपूर्ण खेलाडी रहेका गम्भीर हाल आइपिल टिम कोलकोता नाइट राइडर्सका मुख्य प्रशिक्षक रहेका थिए । उनको नेतृत्वमा कोलकोताले यस सिजनको आइपिएल जितेको थियो ।

उनले अब भारतीय टिमका प्रशिक्षक राहुल द्रविडको स्थान लिने छन् । हालै सम्पन्न टी-२० विश्वकपपछि द्रविडको प्रशिक्षकको कार्यकाल सकिएको थियो ।

भारतीय क्रिकेटका ओपनर रहेका गौतमले भारतका लागि ५८ टेस्ट, १४७ एकदिवसीय र ३७ टी-२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस क्रममा उनले  टेस्ट क्रिकेटमा ९ शतक र २२ अर्धशतकसहित ४१५४ रन, एकदिवसीय क्रिकेटमा ११ शतक र ३४ अर्धशतकसहित ५२३८ रन र टी-२० मा ७ अर्धशतकसहित ९३२ रन बनाएका छन् ।

       

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो