2026-09-20 12:32 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

मेस्सीले तोडे अली दाइको कीर्तिमान

असार २६, काठमाडौँ । अर्जेन्टिनी कप्तान लिओनल मेस्सीले कोपा अमेरिका फुटबल २०२४ मा पहिलो गोल गरेका छन् । उनले बुधबार बिहान सम्पन्न क्यानडाविरुद्धको सेमिफाइनल खेलमा गोल गरेका हुन् ।

मेस्सीले ५१औँ मिनेटमा आकर्षक गोल गरेका थिए । उनले एन्जो फर्नान्डेजको पासलाई पोस्टको दिशा देखाए । योसँगै मेस्सी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने मामलामा दोस्रो स्थानमा उक्लिएका छन् ।  

उनी इरानका पूर्वफुटबलर अलि दाइलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएका हुन् । मेस्सीले अर्जेन्टिनाका लागि हालसम्म १ सय ९ गोल गरेका छन् । अलिले आफ्नो अन्तर्राष्ट्रिय करियरमा १ सय ८ गोल गरेका थिए । 

अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको रेकर्ड भने पोर्चुगिज सुपरस्टार क्रिस्टियानो रोनाल्डोको नाममा छ । उनले हालसम्म १ सय ३० अन्तर्राष्ट्रिय गोल गरेका छन् । 

रोनाल्डो युरो कप २०२४ मा भने गोल गर्न चुके । यसपटक चुके पनि युरोकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडीको रेकर्ड भने उनको नाममा कायमै छ । 

रोनाल्डोले हालसम्म ६ युरो कप खेल्दा १४ गोल गरेका छन् । उनको यो रेकर्ड तोडिन अझै वर्षौँ लाग्ने देखिन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो