2026-09-20 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खेलकुद

महिला एसिया कपः लगातार दोस्रो अभ्यास खेलमा श्रीलंका डेभलपमेन्टसँग नेपाल पराजित

असार २६, काठमाडौँ । एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम तयारीमा व्यस्त नेपाली टोली बुधबार सम्पन्न आफ्नो दोस्रो अभ्यास खेलमा पनि पराजित भएको छ । नेपाली टोली दोस्रो खेलमा श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीसँग चार विकेटले पराजित भएको हो ।

दोस्रो अभ्यास खेलमा नेपालले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ६ रन बनाएको थियो । नेपालका लागि कविता कुँवरले ३४ बलमा सर्वाधिक २९ रन बनाएकी थिइन् । नेपाली टोलीका लागि कप्तान ईन्दू बर्माले पनि ४३ बलमा २८ रन बनाएकी थिइन् ।

जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीले भने १९.५ ओभरमा ६ विकेट गुमाएर विजयलक्ष्य पुरा ग¥यो । श्रीलंकाली टोलीको जितमा एन. सेनारत्नेले ३७ बलमा २७ रनको योगदान गरिन् । एस. सन्दीपानीले पनि २१ बलमा १९ रन बनाइन् । नेपाली टोलीकी बलर सबनम राई र कविता जोशीले एक–एक विकेट लिए ।

अभ्यास खेलमा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि मंगलबार खेलिएको पहिलो अभ्यास खेलमा नेपाली टोली श्रीलंका डेभलपमेन्ट स्क्वाड टोलीसँग ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा ३३ रनले पराजित भएको थियो । त्यो खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाली टोलीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय १८ रन बनाएको थियो ।

वर्षाका कारण नेपालले १५ ओभरमा ९६ रन बनाउनु पर्ने नयाँ लक्ष्य पाएको थियो । तर, नेपालले १५ ओभरमा नौ विकेट गुमाएर ६३ रनमात्र बनाउन सकेको थियो । नेपालका लागि ब्याटिङतर्फ रुविना क्षेत्रीले १७ र सीता रानामगरले ११ रन बनाएका थिए ।

बलिङतर्फ नेपालकी सबनम राईले तीन र राजमती ऐरीले एक विकेट हात पारेका थिए । एसीसी महिला एसिया कपमा सहभागी हुन नेपाली टोली हाल श्रीलंकामा छ ।्एसीसी महिला एसिया कप जुलाई १९ देखि २८ (साउन ४ देखि १३ गते)सम्म श्रीलंकामा आयोजना हुँदैछ ।

महिला एसिया कपको नवौँ संस्करणमा आठवटा टोलीको सहभागिता रहेको छ । प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभागजन गरिएको छ । नेपाली टोली प्रतियोगिताको समूह ‘ए’ मा परेको छ ।

दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि नेपालकै समूहमा छन् । उक्त समूहमा चौथो टोलीको रुपमा यूएई रहेको छ । प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् ।

प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको समेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनलमा विजयी हुने दुई टोलीबिच जुन २८ तारिखमा फाइनल खेल हुनेछ । समूहगत चरणमा नेपालले आफ्नो पहिलो खेल यूएईसँग खेल्नेछ ।

नेपाल र यूएईबिचको खेल जुलाई १९ तारिखमा डम्बुलामा खेलिने छ । नेपालले दोस्रो खेल जुलाई २१ तारिखमा पाकिस्तानसँग डम्बुलामै खेल्नेछ । नेपालले समूहगत चरणको आफ्नो अन्तिम खेल जुलाई २३ तारिखमा बलियो प्रतिद्वन्द्वी भारतसँग डम्बुलामै खेल्नेछ ।

महिला एसिया कप यात्रामा होमिने नेपाली टोलीमा ईन्दू बर्मा (कप्तान), रुविना क्षेत्री, सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो